अन्तु भ्यालीमा भएको आगलागीबाट १३ करोडको क्षति

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस समाचार

इलाम : इलामको सूर्योदय नगरपालिका– ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रा।लि।द्वारा सञ्चालित अन्तु भ्याली चिया कारखानामा आगलागीबाट १३ करोडको क्षति भएको छ । आइतबार साँझ भएको आगलागीबाट कारखानाका भवन, मेसीन औजार र तयारी चिया जलेर नष्ट हुँदा १३ करोड रुपियाँ बराबरको क्षति भएको हो ।

उद्योगका सञ्चालक, प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण पछि प्रतिवेदन सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले १३ करोड बराबरको क्षति भएको जानकारी दिए ।

आगलागीबाट ११० फिट लम्बाई ७० फिट चौडाइमा रहेको चिया उद्योग, दुईवटा ड्रायर मेसिन, पाँच वटा रोलिङ टेबुल, तीन वटा हिटर मेसिन, पाँच वटा सर्टिङ मेसिन र २४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा प्रसोधन गरी निर्यातका लागि तयारी अवस्थामा राखिएको ८० हजार किलो ग्रामभन्दा बढी चिया जलेर नष्ट भएको इलाम टी प्रोडुसर्स प्रा।लि।का प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए ।

काफलेले चिया कारखाना चलेर नष्ट भएको जानकारी दिए । चिया उद्योगमा आगलागी हुँदा कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अन्य सबै संरचना जलेर नष्ट भएको छ । आगो नियन्त्रणको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरीले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकल प्रयोग गरिएको भएपनि उद्योग पूर्णरुपमा जलेको छ ।

बिद्युत सर्ड भएर आगलागि भएको अनुमान प्रहरीले गरेको छ । आगो राती अबेर मात्र नियन्त्रणमा आएको थियो । उद्यमी अशोक मुरर्कासहितले संचालन गरेको उक्त उद्योगमा दैनिक १५ हजार किलोग्राम हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो । २०५३ सालमा स्थापना भएको अन्तु भ्याली निजी क्षेत्रबाट संचालित जिल्लाको दोस्रो ठूलो चिया कारखाना हो । अन्तु भ्यालीकै ट्रेडमार्कमा आईतबारेबाट पनि उक्त कम्पनीले चिया उत्पादन गर्दैआएको छ ।

स्थानीय ब्यवसायी रुद्र घिमिरेले कारखाना नष्ट हुँदा सो क्षेत्रका किसानलाई ठूलो नोक्सानी भएको बताए । उनले भने ‘अन्तु क्षेत्रका किसानलाई अन्तु भ्यालीले नै ब्यवसायीक बनाएको थियो । कारखाना भएको आगलागीले संयौ मजदुरको समेत बिचल्ली भएको छ ।

Leave a Reply

Your email address will not be published.