इलामको पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय काम बिहीन

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ बिजनेस


प्रेम अधिकारी, पशुपतिनगर:

इलामको नेपाल भारत सीमावर्ती पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय काम बिहीन भएको छ । बिदेशी नागरिकको गैरकानुनी गतिविधि तथा अध्यागमन तथ्याङक ब्यवस्थित गर्न र बिदेशी पर्यटकलाई सहजीकरणका लागि भन्दै स्थापना भएको अध्यागमन कार्यालय चार बर्ष देखि काम बिहीन अवस्थामा रहेको हो । उक्त कार्यालयको चार बर्ष अघि तत्कालिन गृहमन्त्री रामबहादुर थापाले तामझामका साथ उद्घाटन गर्नु भएको थियो ।
नेपाल भारत सीमानको पशुपतिनगर नाकामा अध्यागमन कार्यालय भए पनि भारत तर्फ अध्यागमन कार्यालय नहुँदा समस्या हुँदै आएको छ । भारत तर्फ अध्यागमन कार्यालय नहुँदा नेपालमा भिजा अनुमति लिएर आउने पर्यटक उक्त नाकाबाट आउदैनन । लामो समय बस्ने गरी भारत सहित तेस्रो देशका नागरिक भारत हुँदै नेपाल आए पनि पशुपतिनगर नाकाको सट्टा झापा काकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् ।
अभिलेखीकरण, भिजा जारी, नविकरण जस्ता कुनै काम नभए पछि अध्यागमन कार्यालय पशुपतिनगरका कर्मचारी बसेरै दिन बिताउदै आएका छन । बर्सौ देखि कर्मचारी बसेर दिन बिताउने गरेको बताउछन । काम नै नभए पछि उक्त कार्यालयमा दरबन्दी भएका कर्मचारीलाई झापा काकडभिट्टमा रहेको अध्यागमन कार्यालयमा समेत लगेर काम लगाउने गरिएको छ । कार्यालयका नायव सुब्बा गम्भिर राईले काम नभएपछि बसेर दिन बिताउनु पर्ने गरेको बताउनु भयो ।
१ जना अधिकृत सहित ६ जनको स्थाई दरबन्दी भए पनि १ जना सुब्बा सहित ३ जना कर्मचारीको भरमा कार्यालय संचालन भैरहेको छ । अन्य दुई जना करारका कार्यालय सहयोगी समेत कार्यालयमा रहेका छन । काम नै नभए पछि केहि कर्मचारी काकडभिट्ट र केहिलाई अन्यत्र काजमा पठाईएको छ । महिनामा एक पटक अध्यागमन कार्यालय काकडभिट्टाका अधिकृत रेवन्त भट्टराई आएर कार्यालयको काम मिलाउने गर्नु भएको छ । अधिकृत भट्टराईले भारततर्फ अध्यागमन कार्यालय नहुँदा नेपाल तर्फको कार्यालय पनि काम बिहीन भएकाले भारत तर्फ कार्यालय स्थापना पहल गर्नु पर्ने बताउनु भयो । उहाले यस अघि नै भारत तर्फ कार्यालय स्थापना गर्ने योजना रहे पनि भारतले कोरोना महामारीको कारण देखाएर कार्यालय स्थापनामा ढिलाई गरेको जानकारी दिनु भयो । अधिकृत भट्टराईले भन्नु भयो ‘कार्यालय स्थापना गर्नका लागि गृहमन्त्रालय स्तरबाटै भारत सरकार संग पहल गर्नु पर्छ’।
लामो समय देखि पशुपतिनगरका ब्यवसायीले समेत भारत तर्फ अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन । भारत तर्फ अध्यागमन कार्यालय स्थापना नहुँदा पशुपतिनगर नाका भएर नेपाल आउने पर्यटक झापा काकडभिट्ट जाने गरेका छन् । जसले गर्दा लामो समय देखि पशुपतिनगर बजार सुनसान बन्दै आएको छ ।सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले राज्यले लगानी गरेर कार्यालय स्थापना गरे पनि काम बिहीन बन्नु राज्यकै लागि घाटा मात्र भएको बताउनु भउो । उहाले सरकारनै लागि परेर भारतमा अध्यागमन कार्यालय स्थापना गर्न पहल गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘भारततर्फ अध्यागमन कार्यालय स्थापना हुँने हो भने नेपाल आउने पर्यटकलाई धेरै सहज हुने छ र सीमानामा हुँने अवैध गतिविधि समेत नियन्त्रण गर्न सहज हुनेछ ।’ उहाले अध्यागमन नहुँदा नेपाली ट्रेडको बिस्तारमा समेत समस्या भएको बताउनु भयो ।
स्थानीयले भारत तर्फ कार्यालय स्थापनाको माग गर्दै नेपाल सरकार समक्ष पटक पटक ज्ञापन पत्र बुझाई सकेका छन । स्थानीय ब्यवसायी तथा पूर्व सांषद लिलादेबी श्रेष्ठले सरकारले नै चासो दिए मात्र भारत तर्फ कार्यालय स्थापना हुँने बताउनु भयो । २०५६ सालमै पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरेर सीमा प्रशासन कार्यालयलाई कार्यालय संचालनको अख्तियारी प्रदान गरिएको थियो । बिचमा बन्द भएको कार्यालय चार बर्ष अघि स्थापना गरिए पनि काम बिहीन अवस्थाम नै रहदै आएको छ । हाल कार्यालय समेत जिर्ण बनिसकेको छ ।

भारत तर्फ ‘इन्डियन कष्टम’ समेत स्थापना हुँन सकेको छैन । शुकियामा भएको कष्टमा हटाएर पानीटयाङ्की लगिए पछि पशुपतिनगर भएर हुँने आयात निर्यातमा थप समस्या हुँदै आएको छ । नेपाल तर्फ पशुपतिनगरमा भन्सार काटेर सामान निर्यात गरिए पनि भारतमा इन्ट्री नहुँदा ब्यवसायीले समस्या झेल्दै आउनु परेको छ । पशुपतिनगरबाट निर्यात गर्न सकिने कृषिजन्य बस्तु समेत झापा काकडभिट्टाटा भएर पठाउनु पर्ने बाध्यता ब्यवसायीले झेल्दै आएका छन् । भारत तर्फ कष्टम नहुँदा पशुपतिनगर भन्सार कार्यालयलाई लक्ष्य अनुसारको राजश्व संकलनमा समेत समस्या पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.