इलामको रोङमा भएको पिकअप दुर्घटनाका मृतकको साथमा रहेको पैसा र सुन हरायो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

रोङ: गत बिहीबार इलामको रोङ गाउँपालिका–४, पहिरोमा पिकअप दुर्घटनाका मृतकको साथमा रहेको पैसा र सुन हराएको छ । दुर्घटनामा मृत्यु हुने मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथबाट ४ लाख रुपैयाँ पैसा र आधा तोलाको सुनको औँठी दुर्घटनास्थलबाटै लुटिएको परिवारको दाबी छ ।
थापा दाजुभाई इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्दथे । दुर्घटना भएको दिन पनि खसी खरीदका लागि पिकअप लिएर इलाम तर्फ आउदै गरेको मृतकका छिमेकी अजुन कार्कीले जानकारी दिए ।
“वहाँहरु विहान ४ बजे घरबाट खसी किन्न इलाम जानु भएको थियो । हामीलाई ५ः५५ मा स्थानीयले दुर्घटना भएको खबर गरे” कार्कीले भने, “हामी घटनास्थलमा पुग्दा स्थानीय र प्रहरी आइसकेका थिए । मृतकको साथमा रहेको करिब चार लाख पैसा र औँठी भने घटनास्थलबाटै गायव भयो ।”
पैसा हराएको विषयमा प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराएको वहाले बताउँनुभयो । “मैले प्रहरी र जनप्रतिनिधिलाई पैसा र सुन हराएको जानकारी गराउँदा उहाँहरुले यहाँ पेशवर मान्छेहरु हुन्छन् भन्ने जवाफ दिनुभयो” कार्कीले भने, “प्रहरीले अपराधिको अनुसन्धान गरी तत्काल कानुनी दायरामा ल्याउन आवश्यक छ ।”

पैसा र सुन हराएको सूचना आफूलाई नआएको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गंगाबहादुर थापाले बताए । पिकअप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् ।

Leave a Reply

Your email address will not be published.