नाम र दाम दुबै छ-मौरी बिज्ञ:मोक्तान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस


गोबिन्द पौडेल: मौरीपालन ब्यवसायमा लागेका रोङ-६ सलकपुरका कुमार मोक्तानलाई नाम र दाम दुबैले सम्मानित भएका छन् ।
२०५९ सालदेखी मौरीपालन थालेका मोक्तान मौरी बिज्ञ बनेर नेपालको बिभिन्न स्थानहरुमा तालिम दिने गरेका छन् ।उनको घरमा मौरीको आधुनिक घार बनाउने उद्योग छ ।
शुरुकै बर्ष जिल्ला कृषि कार्यालय ईलामको सिफारीमा मौरी बिकास श्रोत केन्द्र स्तरिय तालिम लिने अवसर पाएका थिए । २०६६ सालबाट प्रशिक्षक बनेर ईलाम सहित नेपालका बिभिन्न स्थानहरुमा तालिम दिने गरे ।त्यो मात्र हैन मह ,मौरी र घार बिक्री गरेर नामसगै दामपनि कमाउन सफल भएका छन् । २०६८ सालबाट मौरीघार उत्पादनको लागि कुमार बि। किपिङ वर्कसप खोलेर आधुनिक घार निर्माण गरि मागअनुसार मौरी सहित र मौरी रहित घार समेत ईलाम सहित जिल्ला बाहिर पनि निर्यात गर्ने गरेको बताए । उनले एक घार मौरी सहित ८ हजार र मौरी बाहेक ४(हजार ५ सयमा बिक्री गर्ने गरेका छन् ।
टुनि,फलेदो,उत्तिस धुपी लगायतको काठको प्रयोग गरि घार निर्माण गर्ने गरेका मोक्तानले दुईजनालाई रोजगारी दिएका छन् ।
हरेक बर्ष चार( पाँच सय घार निर्यात गर्ने गरेका उनको भनाई रहेको छ । रोङ गाउँपालिकाले स्थापना गरेको मौरी रिसर्च केन्द्रका श्रोत ब्याक्ति पनि हुन् । उनको घरमा चालिस घार मौरी रहेको छ ।यहि घारबाट मौरी गोला छुटाएर मागअनुसार बेचिने गरेको छ।बार्षिक एक क्विन्टल जति मह पनि बिक्री गर्ने गरेको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published.