सगरमाथा आरोही महर्जन इलाम नगरपालिकाको सदभावना दुत

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

इलाम : इलाम नगरपालिकाले किर्तिमानी सगरमाथा आरोही कल्पना मर्हजनलाई सदभावना दुतको रुपमा सम्झौता गरेको छ । इलाम नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङको उपस्थितीमा आरोही महर्जन र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन् । पत्रकार समेत रहेकी महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुवैतर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार समेत हुन् ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.