प्यूरेका पहिरो पीडितको बसोबासको ब्यवस्था मिलाउदै रोङ गाउँपालिका

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

१३ परिवारलाई १३ लाख राहत बितरण

फिक्कल: इलामको रोङ गाउँपालिका ४ प्यूरेका १३ घरपरिवार पहिरो पीडितको बसोबासको ब्यवस्था मिलाईने भएको छ ।लामो समय पहिरोको पीडा खपेर बसेका पीडितलाई बसोबासको ब्यवस्था मिलाउनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट १३ परिवारलाई एकमुष्ट १३ लाख रुपैयाँ उपलब्ध गराएको हो ।
बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका प्रतिनिधिले राहत स्वरुप प्रति ब्यक्ति एक÷एक लाखका दरले चेक हस्तान्तरण गरेका हुँन् ।
२०६८ सालमा सामान्य पहिरो जानथालेको उक्त क्षेत्रमा २०७२ सालबाट पहिरोले गाउँनै बगाए पछि बिस्थापित हुने क्रम बढ्दै गएको छ ।पीडितलाई जमिन खरिद गर्न र जमिन खरिद गरेकालाई घर निर्माण गर्न राहत दिईएको छ ।
प्हिरोले हाल सम्म १३ परिवारको लालपुर्जा भएको तीन सय ५० रोपनी जमिन बगाई सकेको छ । पहिरोबाट बिस्थापित टंक बस्नेत, नरबहादुर बस्नेत, टेक बहादुर पिठाकोटे, इन्द्र बहादुर पिठाकोटे, भिम बहादुर मगर, बल बहादुर मगर, हस्त कुमारी मगर, भुवन कुमार बस्नेत, सन्त बहादुर लाप्चा, याम प्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का र खड्ग बहादुर राईको परिवारलाई एक÷एक लाखको चेक दिईएको छ ।
पहिरोले भएको सबै जमिन बगाउँदा पनि पीडितले उक्त गाउँ छोड्न नमाने पछि सोहि स्थानका नजिकका क्षेत्रमा जमिन खरिद गर्ने ब्यवस्था वडा कार्यालय मार्फत मिलाईएको छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाले एकीकृत बस्ती बिकास गरी अन्यत्र सार्न खोज्दा पीडितले उक्त गाउँ छोड्न नमान्ने र जमिन खरिदको प्रक्रिया झन्झटीलो हुँने भएकाले ब्यक्तिले नै जमिन खरिद गर्ने गरी राहत रकम उपलब्ध गराईएको हो । राहत रकम बितरण गर्दै अध्यक्ष राईले पीडितलाई पुर्नस्थापना गर्ने प्रक्रिया शुरु भैसकेको छ बताउनु भयो ।
सबै पहिरो प्रभावित खेती किसानी गर्दै आएका छन् । उनीहरु हाल अन्य ब्यक्तिको जमिन कमाएर जिवन यापन गर्दै आएका छन् । पहिरोबाट बिस्थापित गंगादेबी बस्नेतले घाम लाग्दा सामान्य लागे पनि पानी पर्न थालेपछि पीडितको रुवाबासी हुँने गरेको बताउनु भयो । ‘अहिले त सामान्य जस्तो छ पानी पर्न थालेपछि पीडितको हालत हुन्छ ’ पहिरो पीडित बस्नेतले भन्नु भयो । पहिरो प्रभावितले आफनो भएको जमिन सबै बगाएपछि आफहरु सुकुम्बासी भएको बताएका छन । उनीहरुले गाउँपालिकाले आर्थिक सहयोग गरेर आफुहरुलाई ठूलो उद्धार गरेको बताएका छन ।पालिकाले यस अघि नै टंक थापाको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान समिति निर्माण गरी गाउँपालिका भित्र रहेका सुकुम्बासीलाई ब्यवस्थापन गर्ने काम गरेको थियो । उक्त समिति मार्फत गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारलाई पहिरो पीडितको ब्यवस्थापन गर्ने कार्ययोजना सहित प्रतिवेदन बुझाएको थियो ।
स्थानीय हेमराज कार्मीले गाउँपालिकाको सहयोगले पीडितको बस्ने आधार बनेको बताउनु भयो । यस अघि गत साल जिल्ला प्रशासन कार्यालय इलामले पहिरो पीडितलाई प्रति परिवार १५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको थियो । गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बर्सेनी पहिरो जाने क्रम बढ्दै गएकाले थप जोखीम कायम रहेको बताउनु भयो । उहाले दिर्घकालिन योजना बनाएर बस्ती स्थान्तरण गर्नु पर्ने बताउनु भयो ।पालिकाले दिएको उक्त रकम दुरुपयोग नहोस भनेर वडाले निगरानी गर्ने ब्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले बताउनु भयो । उहाका अनुसार वडाले जमिन खरिद र अस्थाई घर निर्माणका लागि समन्वय गर्ने छ ।
बिगत केहि बर्ष अघि उक्त क्षेत्रमा भूगर्भ बिभागको एक टोलीले तामा खानी रहेको भन्दै उत्खनन समेत गरेको थियो । उक्त जमिनको माटो र ढुंगा उत्खनन गरी अन्यत्र लैजान थालेपछि पहिरो झर्न शुरु भएको स्थानीयको भनाई छ । बिभागले तामा खानीको आशंकामा कम्पाउण्ड गरेको सबै जमिन पहिरोमा परिणत भएको स्थानीयले जानकारी दिएका छनराहत बितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी , बिभिन्न राजनीति दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.