इलामको कन्याम क्षेत्रका होटल अनुगमन, धेरैको अवस्था सन्तोषजनक

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ बिजनेस

फिक्कल: खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बिराटनगरले इलामको पर्यटकीय क्षेत्र कन्यामका होटलको अनुगमन गरी लोगो वितरण गरेको छ । पर्यटकीय क्षेत्र हर्कटे देखि शान्ति चोक सम्मका होटलको टोलीले अनुगमन गरी बिभिन्न सूचकको आधारणमा लोगो वितरण गरेको हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रतिनिधि, सूर्योदय नगरपालिका, होटल ब्यवसायी संघ, प्रहरी र पत्रकारको टोलीले होटलको सरसफाई सहितका सुविधाको अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो होटलको अवस्था सन्तोषजनक पाईएको छ । होटलको सरसफाई लगायतका मापदण्ड पुरा भए पनि अधिकांश होटलमा कुक वेटर नभएको पाईएको छ । त्यस्तै अधिकांश होटलका किचन साघुरो तथा किचनमै भाडा पखाल्ने ठाउ बनाईएको पाईएको छ । त्यस्तै फ्रिजमा राखीने बस्तु मिसाएर राख्ने गरेको र फ्रिजको तापक्रम समेत नमिलाई राख्ने गरिएको पाईएको छ । उक्त टोलीले खाने कुराको स्वच्छन्दताको समेत अनुगमन गरेको थियो ।
गुण नियन्त्रण कार्यालयले तयार पारेको सूचक मध्ये ९० माथी अंक पाउने अति उत्तम , ८० देखि ८९ अंक पाउने उत्तम , ६५ देखि ७९ अंक पाउने सन्तोषजनकलाई हरीयो लोगो वितरण गरेको छ । ५० देखि ६४ सम्म अंक पाउनेलाई सामान्य अवस्थाको पहेलो लोगो वितरण गर्ने गरीएको छ । कन्याम क्षेत्रमा ६५ माथी अंक पाउने होटल रहेका छन ।गुणनियन्त्रण कार्यालयले पहिलो पटक अनुगमन, लोगो बितरण संगै होटललाई प्रमाणपत्र समेत वितरण गरेको छ । कन्यामको थकाली किचन, स्टनब्लु होटललाई ८० देखि ८९ अंक पाउदा उत्तमको सूचीमा राखी लोगो उपलब्ध गराईएको छ ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय बिराटनगरका अधिकृतद्धय दिनेश सुवेदी र शंकर न्यौपाने सूर्योदय नगरपालिकाका उद्योग अधिकृत इश्वरी अधिकारी, फिक्कल प्रहरी चौकीका लक्ष्मी दुलाल, सूर्योदय होटल ब्यवसायी संघका बिकास प्रधान, अभिषेक श्रेष्ठ, पत्रकार महासंघ इलामका सहसचिव प्रेम अधिकारी, बुद्धबाणी एफ.एम.का प्रवन्धक निर्देशक दिनेश महत लगायतको टोलीले होटलको अनुगमन गरेको थियो । टोलीले मेची राजमार्गले छोएका सूर्योदय नगर क्षेत्रका होटलको भोली पनि अनुगमन गर्ने छ ।गुणनियन्त्रण कार्यालय बिराटनगरका अधिकृत दिनेश सुवेदीले तराईको तुलनामा कन्याम क्षेत्रका होटलले धेरै मापदण्ड पुरा गरे पनि सुधार गर्नु पक्ष समेत रहेको जानकारी दिनु भयो । उहाले सुधार भएका होटललाई स्टार थप भएको लोगो वितरण गरिने बताउनु भयो । उहाले पर्यटकीय क्षेत्रका होटल सधै सफा स्वच्च हुनु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.