तारगाउँका किसानले रायो खेतीबाट मनग्ये आम्दानी लिदै

घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस


गोबिन्द पौडेल: सूर्योदय नगरपालिका ६ को तारगाउँका किसानहरुले हरेक बर्ष लाखौ रुपैयाको मौसमी रायोसाग उत्पादन गर्ने गरेका छन् तर पनि सरकारी तवरबाट कुनै सहयोग र प्रोत्साहन नपाएको बताउँछन् ।
तारगाउँका माथिल्लो क्षेत्रका करिव ६० घर परिवारले ब्यवसायिक रुपमा खेति गर्ने गरेकोमा केहि किसानले बगान बेच्ने गरेका छन् । धेरैले मुठा बनाएर नजिकको हर्कटेका राजमार्ग पसल र झापाका बिभिन्न बजारसम्म लैजाने गरेका छन् ।यहाँका हरेक किसानले अधिकतम् ३० हजारदेखी ८० हजार सम्मका रायो बेच्ने गरेका स्थानिय ब्यापारी लोक बहादुर प्रधानले बताए । यहाँका किसानले बढिमा ६ गर्हा सम्म रायो खेति गरेका छन् । अहिले पनि तारगाउँका किसानहरुको बारीमा यत्रतत्र लहलाउदो रायो र डुकु देख्न पाईन्छ ।त्यसो त उनीहरुको अर्गानिक उत्पादनको लागि कुनै सहकारी र समुह नै छ ।न त कुनै सरकारीले सहयोग गर्यो ।पुरानै पद्दतीबाट गाई पाल्यो ३ बुट्टामा १ भारि मल लगायो रोप्यो जतिहुन्छ टिप्यो बेच्यो किसान हेमन्त भुजेलले बताए । हेमन्त मात्रै हैन, गणेश भुजेल, रुद्र भुजेल, बिण्णु ,शिव भुजेल ,बल बहादुर भुजेल लगायतका ४९ भुजेल परिवारले ब्यवसायिक रायो खेति गर्ने गरेको उनिहरुको भनाई रहेको छ । स्थानिय जातकै रायो हिउँदे रोपिन्छ टनेलमा बर्खे सागको खेति गराउन प्रबिधिक सहयोग भए उच्च मुल्यमा बिक्रि हुने सम्भावना रहेपनि हालसम्म सरकारले कुनै वास्ता नगरेको किसानहरुको दुखेसो रहेको छ । तारगाउँका किसानहरुले अहिले रायो रोपेको बारीमा बर्षादमा काक्रा स्कुसजस्ता तरकारीको खेतीबाट पनि आम्दामी गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published.