इलामको जोरकलसबाट १९ लाखको छुर्पी र गाडी सहित चालक नियन्त्रणमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल : रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४० बोरा० हार्ड छुर्पी बरामद गरेको हो ।

अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी,गाडी र चालक इलाम सुर्योदय नगरपालिका(२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.