देउमाईका समाजसेवी थापाद्धारा ७१ कृषकलाई कृषि सामग्री वितरण

घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल: इलामको देउमाई नगरपालिका वडा नं ४ का समाजसेवी तारा थापाले कृषि सामाग्री वितरण गरेका छन् । थापाको अगुवाईमा देउमाई ९ का बोक्सीथुम्का,अब्लाबु, ढोडे लगायत स्थानका ७१ किसानलाई मौषमी खेती गर्न आवश्यक सामाग्रीहरु स्प्रिकल,नेट जाली, लगायत वितरण गरिएको हो । अच्युत कृषक समुहले आयोजना गरेको एक कार्यक्रमका बिच सो सामाग्री वितरण गरिएको थापाले बताए । उनका साथै समाजसेवी छविलाल श्रेष्ठ,महेस बस्नेत,दिर्ग मगररैका,गंगा प्याकुरेल,रुप बहादुर मगर तारा बहादुर मगर, लगायतले सामाग्रीमा सहयोग गरेको बताईएको छ । बिकट ठाँउका किसानलाई कृषि उत्पादनमा थप ऊर्जा प्रदान गर्न र मनोबल बढाउने उद्धेश्यले सामाग्री वितरण गरिएको थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.