लोप हुँदै आरन ब्यवसाय

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल: पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले इलाममा आरन पेशा लोप हुँदै गएको छ । विगतमा हँसिया,कुटो, कोदालो, बञ्चरो लगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय लोप हुँन थालेको हो ।
ब्यवसायीक बन्न नसके पछि तीन वर्ष अघि देखि उक्त पेशा छोडेर ज्याला मजदूरीको रुपमा काम थालेको सूर्योदय नगरपालिका ९का डम्बर बहादुर विश्वकर्माले बताउनु भयो । अहिलेको परिवेश अनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले उक्त पेशालाई छोडदै गएको उहाको भनाइ छ । गाउँका अधिकांश युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारीका लागि आकर्षित बन्न थालेका छन् । ‘दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण ग¥यो , साझ छाक टार्नै मुस्किल पर्छ’ बिश्वकर्माले भन्नु भयो । उहा जस्ता धेरैले उक्त पेशा छोडी सकेका छन् । परम्परागत शिप नै अहिलेका युवाले सिक्न नखोज्ने गरेको बिगतमा आरन पेशा चालाएकाहरुको अनुभव छ ।
लामो समय देखी आरन पेशा गर्दै आउनु भएका सूर्योदय नगरपालिका –६ का अमृत रसाइलीले आफुले एक्लै उक्त पेशा थाम्दै आएको बताउनु भयो । रसाइलीले भन्नु भयो ‘ हातमा ठेला उठीजेली दिनरात काम गर्दा पनि उचित पारिश्रमिक पाइन्न, कसैको सहयोग छैन।’ तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उहाहरुको भनाई छ । नयाँ पुस्ताले नयाँ कामको खोजीमा जाने, जरम्परागत पेशा गर्न धकाउने गरेका कारण आरन हराउँदै गएको पाईएको छ । राज्यले अरु पेशा व्यवसायीलाई जस्तै आरत ब्यवसायलाई सहयोग नगरेको आरन ब्यवसायीहरुको आरोप छ ।
एक पाथी अन्नको भरमा वर्ष भरि औँजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको रसाईलीले बताउनु भयो । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेशामा भने परिवर्तन हुन नसकेको उहाको भनाई छ । आरन पेशा व्यावसायीक बन्न नसक्नु, पेशाालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले उक्त पेशा ओझेलमा पर्न थालेको बताइन्छ ।
गाउँघरमा भएका आरन ब्यवसाय बन्द भए पछि कृषि पेशा गर्ने किसानलाई समेत समस्या हुँन थालेको छ । खेती अनुसारका औजार चाहिन भए पनि गाउँघरमा औजार निर्माण हुँन छोडेपछि बजार सम्म पुग्नु पर्ने बाध्यता बढेको माईजोगमाई १ का उमाकान्त भट्टराईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.