इलामको फिक्कलमा बैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’ आयोजना हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन बिजनेस मनोरञन

फिक्कल: इलामको फिक्कलमा तेस्रो सूर्योदय सडक महोत्सव संचालन हुँने भएको छ । सूर्योदय होटल ब्यवसायी संघको आयोजना र आयाम युनाईटेड क्लब फिक्कलको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाक १ र २ गते सडक महोत्सव संचालन हुने भएको हो ।
सडक महोत्सवले पर्यटन प्रर्वधनमा सहयोग पुग्ने जनाईएको छ । स्थानीय खानाका परिकार सहित ३५ वटा स्टल रहने महोत्सवमा बिभिन्न ब्यण्ड सहितका कलाकारको प्रस्तुती रहने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनु भयो । महोत्सवमा नेवारी, राई र लिम्बु जातीका स्थानीय खानाका परिकार पर्यटकलाई चखाईने जनाईएएको छ । १ लाख ५० हजार पर्यटकले अवलोकन गर्ने उक्त महोत्सवमा निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।
आईतबार फिक्कलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले ३७ लाख बराबर खर्च हुने जनाएको छ । गोर्ख ब्रुअरी(टुर्वोग)को मुख्य प्रायोजन , सूर्योदय नगरपालिका र वडा नम्बर १० को आयोजनामा संचालन हुने महोत्सवमा स्थानीय कोसेली सहितका स्टल रहने छन ।
आयोजकका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाले महोत्सव सफल पार्नका लाािग सबैलाई सहयोग गर्न आग्रश गर्नु भयो । इभेन्ट संयोजक सिर्जन गदालले बिभिन्न ब्याण्ड सहितका कलाकारले महोत्सवमा मनोरञ्जन प्रदान गर्ने जानकारी दिनु भयो । बिगतका २ बर्ष कोरोना महामारीका कारण संचालन हुँन नसकेको सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पूग्ने बताउनु भयो ।
यस्तै पशुपतिनगरमा बैशाख ३ गते देखि ८ गते सम्म सूर्योदय पर्यटन महोत्सव आयोजना गरिने भएको छ । स्थानीय पशुपति युवा परिवारको आयोजनामा संचालन हुने प्रथम सूर्योदय पर्यटन महोत्सवमा भारतीय पर्यटक भित्राईने आयोजकका अध्यक्ष शिशिर सुब्बाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.