इलाम: इलाम नगरपापलकाले स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । दीर्घ रोगी तथा कडारोग भएका बिरामीहरुको उपचार सहयोगार्थ सो कोष स्थापना गर्ने भएको हो ।कोषमा निर्वाचित मेयरको तर्फबाट मासिक तीन हजार, उपमेयरबाट मासिक दुई हजार र कार्यपालिका सदस्यहरुबाट मासिक एक हजार जम्मा गर्ने निर्णय भएको छ । नगरपालिकाको सोमबार बसेको पहिलो बैठकबाट सो निर्णय पारित भएको छ । सो कोषमा मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबाट पाउने सेवा सुविधाबाट नै कटाएर कोषमा जम्मा गर्ने निर्णय भएको मेयर केदार थापाले जानकारी दिनुभयो । उहाँले इलाम नगरपालिकामा यस्ता बिरामीको संख्या बढ्दै गएको र कतिले अझै पनि आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कोष खडा गरी प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका पवक्ता तथा वडा नम्वर चारका वडाअध्यक्ष नुतनदेव दुलालले जानकारी दिनभयो । उहाँले नगर कार्यपालिकाको बैठकले बिभिन्न निर्णय समेत गरेको जानकारी दिनुभयो । सोही बैठकले पाँचवटा बिषयगत समिति समेत निर्माण गरिएको छ । इलाम नगरपालिका, बिषयगत समिति कार्यसञ्चालन कार्यविधि २०७८ को दफा ३ (१) बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ । कार्यपालिका बैठक इलाम नगरपालिकाको आधिकारित फेसबुक पेज र इलाम चोकबजारमा राखिएको डिस्प्लेबाट समेत प्रतक्ष प्रशारण गरिएको थियो ।
निर्णय नं. १
इलाम नगर कार्यपालिकाको गत बैठकहरुबाट भएका निर्णयहरुको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णयहरुलाई यथासमयमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. २
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम गठन हुने स्थानीय राजश्व परामर्श समितिमा कार्यपालिकाका सदस्यहरु वडाध्यक्ष श्री दुर्गा श्रेष्ठ र का.पा.स. श्री धनमाया लिम्बुलाई तोक्ने निर्णय गरियो ।
निर्णय नं. ३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम गठन हुने सोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा प्रमुखबाट वडाध्यक्ष श्री लाखमान लिम्बु, वडाध्यक्ष श्री गोपाल चौहान, का.पा.स. श्री देवेन्द्र मुखिया, का.पा.स. श्री कुमारी ल्वागुनलाई सदस्य तोकिएको व्यहोरा जानकारी भयो ।
निर्णय नं. ४
इलाम नगरपालिका, विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०७८ को दफा ३(१) बमोजिम गठन हुने विषयगत समितिको संयोजकमा निम्नानुसार तोक्ने निर्णय गरियो । साथै सो विषयगत समितिको सदस्य पदमा नगर प्रमुखबाट निम्नानुसार सदस्य तथा आमन्त्रित सदस्य तोकिएको व्यहोरा समेत जानकारी भयो ।
सि.नं. विषयगत समितिको नाम कार्यपालिकाबाट तोकिएको संयोजकको नाम प्रमुखबाट तोकिएको सदस्य प्रमुखबाट तोकिएको सदस्य प्रमुखबाट तोकिएको आमन्त्रित सदस्य
१ सामाजिक विकास समिति वडाध्यक्ष श्री ओमनाथ प्रधान का.पा.स. श्री बिरेन्द्र ब. राई का.पा.स. श्री कुमारी ल्वागुन श्री सुनिता कर्माचार्य
श्री छत्र चौहान
श्री बसन्ती घतानी
२ पूर्वाधार विकास समिति वडाध्यक्ष श्री गोपाल चौहान वडाध्यक्ष श्री दलमान तामाङ्ग का.पा.स. श्री धनमाया लिम्बु श्री मधु श्रेष्ठ
श्री रुप ब. खड्का
श्री खिना बस्नेत
३ आर्थिक विकास समिति वडाध्यक्ष श्री काजी बहादुर श्रेष्ठ वडाध्यक्ष श्री गायत्रीराम बस्नेत का.पा.स. श्री सरीमाया कमिनी श्री सुवर्ण खड्का
श्री मुनादेवी रसाइली
श्री बिष्णु सुब्बा
४ वन, वातावरण तथा विपद् व्यवस्थापन समिति वडाध्यक्ष श्री नरेश श्रेष्ठ वडाध्यक्ष श्री टासी जबेगु का.पा.स. श्री डायना राई श्री रिना घिमिरे घले
श्री प्रकाश अधिकारी
श्री नानुका खत्री
श्री दिव्य भटृराई
५ सुशासन तथा संस्थागत विकास वडाध्यक्ष श्री गिरिराज रिजाल का.पा.स. श्री दिपक तिखत्री का.पा.स. श्री विवि लिम्बु श्री बद्री खड्का
श्री मोहन बिष्ट
श्री रोमी कोइराला
निर्णय नं. ५
इलाम नगरपालिकाका पमुख श्री केदार थापाबाट जारी गरिएको मिति २०७९।२।९ को पहिलो कार्यसूची र मिति २०७९।२।२७ को दोस्रो कार्यसूची निम्नानुसार अनुमोदन गर्ने निर्णय गरियो ।
प्रमुख श्री केदार थापाको मिति २०७९।२।९ को पहिलो कार्यसूची
१) नेपालको संविधानबमोजिम मिति २०७९।१।३० गतेका दिन स्थानीय तहको निर्वाचन सफलपूर्वक सम्पन्न भएकोमा निर्वाचन सफल पार्नका लागि सक्रिय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, निर्वाचन आयोग, सरकारी तथा गैरसरकारी निकाय, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित जनप्रतिनिधिहरुको कार्य सफलताको लागि शुभकामना तथा बधाइ ज्ञापन गर्ने र नव निर्वाचित जनप्रतिनिधिहहरुलाई आ–आप्mनो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरी समुन्नत इलाम, सम्पन्न इलामेलीको नारा सफल गर्ने अभियानमा सहयोग गर्न अनुरोध गर्ने ।
२) कडा रोग लागेका बिरामी तथा दीर्घ रोगीहरुलाई सहयोगको लागि स्वास्थ्य उपचार कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट बैंक खाता सञ्चालन गर्ने र सो स्वास्थ्य उपचार कोषमा मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुले पाउने पारिश्रमिकबाट मासिक रुपमा मेयरबाट रु ३ हजार, उपमेयरबाट रु २ हजार र कार्यपालिका सदस्यहरुबाट रु १ हजारका दरले कटृा गरीसहयोग रकम जम्मा गर्ने ।
२) आम नगरवासीको गुनासो सम्बोधनका लागि इलाम नगरपालिकाबाट असुल भइ आएको प्रचलित राजश्वका निम्न शीर्षकमा आउँदो २०७९ श्रावण १ देखि लागू हुने गरी निम्नानुसारको व्यवस्था मिलाई नगर सभाबाट अनुमोदन गराउने ।
ड्ड सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट ।
ड्ड कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायलाई राहत स्वरूप व्यवसाय करअन्तर्गत होटल व्यवसायमा १० प्रतिशत र अन्य सबै व्यवसायमा ५ प्रतिशत छुट
ड्ड सफाइ सेवा शुल्क फोहोरमैला संकलन गाडीको रुटको ५० मिटर दायाँबायाँ मात्र असूल गरी सेवा प्रवाहको रुट बाहिर छुट ।
ड्ड शिक्षण संस्था, सहकारी संस्था, गैसस र उद्योगको नाममा हुने नक्सापासको दस्तुरमा २५ प्रतिशत छुट गर्ने साथै नक्सापासको लागि आवेदन दर्ता गराएको मितिले ३५ दिन भित्रमा बिना कारण प्लिन्थ लेभल नक्सा इजाजत जारी नभएमा हर्जाना÷क्षतिपूर्ति स्वरूप नक्सापास दस्तुर वापत दाखिला भएको रकमको ३ प्रतिशतले हुन आउने रकम ३६ औ दिनदेखि दैनिक हिसाव गरी आवेदकको बैंक खातामा जम्मा गर्ने, यस अनुसार भुक्तान भएको रकम नक्सापास शाखा सम्वद्ध जिम्मेवार कर्मचारीहरुबाट दामासाहीले असूल गर्ने व्यवस्था मिलाउने ।
३) इलाम नगरपालिकाअन्तर्गत फजुल खर्चलाई कटौती तथा आम्दानी बढाउने खर्च खटाउने नीति अवलम्बन गर्दै इलाम नगरपालिकाबाट असुल भई आएको आन्तरिक राजश्वलाई समयानुकूल पुनरावलोकन,परिमार्जन तथा करको दर घटाउने र कर दायरा फराकिलो पार्ने कार्यका लागि१५ दिन भित्र प्रतिवेदन पेश गर्न इलाम नगरपालिकाको राजश्व परामर्श समितिलाई निर्देशन दिने र सो समितिको प्रतिवेदन तथा सुझावलाई आगामी नगर सभाबाट स्वीकृत गराई आ.ब. २०७९।०८० देखि कार्यान्वयन गर्ने ।
४) इलाम नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को योजना तथा कार्यक्रम तयार गर्दा इलाम नगरपालिकाको आवधिक योजनाका साथै स्थानीय तह निर्वाचन २०७९ को लागि २०७९।१।३० अगावै जारी भएको नेपाली कांग्रेस र नेकपा एमाले तथा नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान राजनैतिक दलको गठबन्धनको घोषणा तथा प्रतिबद्धता पत्रलाई आधार मानेर तयार गर्ने नीतिलाई प्राथमिकतामा राख्नेर आ.ब. ०७९।०८० को लागि रु १ करोडका दरले वडा सिलिङ्ग विनियोजन गरी कार्यक्रम तयार गर्ने ।
५) इलाम नगरको शैक्षिक गुणस्तर अभिबृद्धि तथा केजरीवाल मोडल अनुकरणको लागि नगरका प्रत्येक विद्यालयको अनुगम निरीक्षण गरी सुझावसहितको प्रतिवेदन र मा.वि.हरुको वातावरण सूचक फाराम भरी १ महिना भित्रमा पेश गर्न सामाजिक विकास महाशाखा प्रमुख श्री प्रेम गौतमको नेतृत्वमा शिक्षा अधिकृत श्री राधिका घिमिरे, पूर्व वडाध्यक्ष श्री नारद लम्साल, पूर्व वडाध्यक्ष श्री तिर्थ गुरुङ्ग, पूर्व वडाध्यक्ष श्री रबिन एक्तेन, पूर्व कार्यपालिका सदस्य श्री सानु दास र सामाजिक अभियन्ता श्री दिपक तिखत्री रहेको कार्यदल परिचालन गर्ने र यस कार्यदलमा आवश्यकतानुसार विषयविज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने ।
६) इलाम अस्पतालको सेवा प्रवाहको स्तर अभिबृद्धिमा सहयोग, इलाम आँखा अस्पताल र स्थानीय स्वास्थ्य केन्द्रको गुणस्तर अभिबृद्धिमा सहयोग, स्वास्थ्य बीमा प्रवद्र्धन, जनताको गुनासो सुनुवाइ र आपतकालीन सहयोगको लागि अस्पताल विकास समिति र स्वास्थ्य बीमा बोर्डको सहकार्यमा इलाम अस्पतालमा न.पा. को अधिकृतस्तरको स्वास्थ्यकर्मीको नेतृत्वमा सुविधा सम्पन्न २४ घण्टे नगरपालिका स्वास्थ्य हेल्प डेस्क सञ्चालन गर्ने साथै सो हेल्प डेस्कको अनुगमन तथा व्यवस्थापन एवम् इलाम मेडिकल कलेजको लागि आर्थिक तथा जग्गा व्यवस्थापन कार्यमा सहयोगको लागि वडाध्यक्ष नरेश श्रेष्ठको संयोजकत्वमा पूर्व वडाध्यक्ष होम बस्नेत, पूर्व वडाध्यक्ष श्यामकृष्ण घिमिरे, समाजसेवी रतन चौधरी लगायत राजनैतिक तथा सामाजिक क्षेत्रमा संलग्न श्री छबिलाल आचार्य, श्री डकेन्द्र दाहाल, श्री छिकिन तामाङ्ग रहेको इलाम मेडिकल कलेज आर्थिक तथा जग्गा व्यवस्थापन सहयोग कार्यदल गठन गर्ने, यस कार्यदलमा आवश्यकतानुसार विषय विज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने साथै यस कार्यदलले इलाम अस्पतालस्थित हेल्प डेस्कमा सचिवालय राखी हेल्प डेस्कको अनुगमनको जिम्मेवारी समेत निर्वाह गर्ने गराउने ।
५) इलाम नगरमा एक वडा एक उत्पादन, फलपूmल उत्पादन अभिबृद्धि तथा बजारीकरण, पशु बधशाला व्यवस्थापन, गाईपालन, मौरीपालन, बाख्रापालन, बंगुरपालन, माछापोखरी लगायत व्यावसायिक कृषि तथा पशुपालन एवम रोजगारी प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि १ महिना भित्रमा कृषि विकास योजना तयार गरी पेश गर्न वडाध्यक्ष श्री काजीबहादुर श्रेष्ठको नेतृत्वमा वडाध्यक्ष श्री गायत्रीराम बस्नेत, वडाध्यक्ष श्री गिरिराज रिजाल, र कृषि व्यवसायमा संलग्न श्री लिला थापा, श्री मिलन खत्री राई, श्री कमल दुलाल श्री राम राईरहेको कार्यदल परिचालन गर्ने र यस कार्यदलमा आवश्यकतानुसार विषय विज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने ।
७) इलाम नगरपालिकाको गतिविधिहरुलाई आम सञ्चार माध्यम र नगरवासी समक्ष प्रवाहका लागि वडाध्यक्ष श्री नुतनदेव दुलाललाई कार्यपालिकाको प्रवक्ता तोकी परिचालन गर्ने ।
इलाम नगरपालिकाका नगर प्रमुख श्री केदार थापाको मिति २०७९।२।२७ को दोस्रो कार्यसूची
१) इलामको पर्यटन प्रवद्र्धनका लागि मिति २०७८।९।३० मा तारा एयरलाइन्स र इलाम न.पा. बिच संझौता भई सोपश्चात पटक पटकको पत्राचार समेतको आधारमा काठमाडौ इलाम काठमाडौ हवाइ उडान भई१२ प्mलाइट उडान पूरा भइसकेको र नगर कार्यपालिकाको कार्यालयको च.नं. ४०८५ मिति २०७९।१।२६ पत्रानुसार अर्को संझौता नहुन्जेलसम्म सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप सो संझौताको शर्त र सोपश्चात पटक पटक भएको समझदारी तथा आर्थिक दायित्वको व्यावहारिक अभ्यास अनुरुप नगरपालिकाले व्यहोर्नु पर्ने आर्थिक दायित्व साझेदारीगरीसो मिति २०७८।९।३० को संझौताबमोजिमको १२ उडान पूरा भइसकेकोले उक्त संझौता स्वतः निष्कृय गरी नयाँ संझौताको लागि तारा एयरलाइन्सलाई अनुरोध गर्ने ।
२) इलामको पर्यटन प्रवद्र्धनका लागि फाल्गुनन्द विमानस्थलमा नेपाल एयरलाइन्सले मिति २०७८।१०।२६ मा परीक्षण उडान गरी मिति २०७८।११।१ मा विमानस्थलको उद्घाटन कार्यक्रममा समेत उडान गरि सकेको हुनाले सुलभ भाडादरमा प्रत्येक हप्ताको १ दिन फाल्गुनन्द सुकिलुम्वा विमानस्थलबाट काठमाडौ इलाम काठमाडौ उडान गरि दिन नेपाल एयरलाइन्सलाई अनुरोध गर्ने ।
३) स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित इलाम नगरपालिकाका पदाधिकारीहरुले “म भ्रष्ट्राचार गर्ने छैन र भ्रष्ट्राचार गर्न दिने छैन्, इलाम नगरवासीप्रति इमान्दार, जिम्मेवार र जवाफदेही रहनेछु” भनी शपथ गहण गरिसकेको र भ्रष्ट्राचार शून्य नीति अवलम्बन गर्दै वर्तमानको विकृति विसङ्गति न्यूनीकरण गरी सदाचार पद्धति स्थापनाका लागि इलाम नगरपालिकाअन्तर्गत गठित विभिन्न समिति, उपसमिति, प्रतिष्ठान, कार्यदल, विव्यस र उपभोक्ता समितिका पदाधिकारीहरुलाई समेत इलाम नगरपालिकाका प्रमुख (प्रमुखको अनुपस्थितिमा उपप्रमुख तथा न्यायिक समितिका संयोजक) को रोहबरमा १ महिना भित्रमा शपथ गराउने, सो समयावधिभित्र शपथ नगर्ने तथा शपथ गर्न इन्कार गर्ने पदाधिकारीहरुको हकमा निजलाई सो पदबाट फिर्ता गरी कार्यपालिकाबाट मनोनयन गर्ने भनिएको पदमा कार्यपालिकाको निर्णयानुसार र नगर प्रमुखबाट मनोनयन गर्ने भनिएको पदमा नगर प्रमुखबाट अर्को मनोनयनको व्यवस्था मिलाउने ।
४) इलाम नगरकासिर्जनशीलस्रष्टाहरुलाई वार्षिक रुपमा पुरस्कार तथा आर्थिक सहयोग गरी उत्प्रेरित, प्रोत्साहित र सम्मान गर्नका लागि इलाम नगरपालिका वडा नं. ७ मालापथ निवासी स्व. गंगादेवी श्रेष्ठ र स्व. बद्री शाहको पुण्य स्मृतिमा “गंगादेवी श्रेष्ठ÷बद्री शाह स्रष्टा सम्मान कोष” स्थापना तथा सञ्चालन र व्यवस्थापनका लागि रु १ लाख रकम अक्षय कोषमा प्रदान गर्ने र सोको ब्याजबाट कोष सञ्चालन गर्ने गराउने इच्छा गरी इलाम नगरपालिका वडा नं.७ मालापथ बस्ने रामकुमार शाहले मिति २०७९।२।११ मा दिएको निवेदन स्वीकृत गरिएकोले सो कोष स्थापना गर्ने, कोषको अक्षय कोष तथा अन्य बैकिङ्ग कारोबारको लागि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट सञ्चालन हुने गरी बैंक खाता खोल्ने साथै कार्यपालिकाबाट अर्को व्यवस्थापन नहुन्जेलसम्मका लागि सो कोषको सञ्चालन, व्यवस्थापन तथा सिफारिसका लागि संयोजकमा विशिष्ट नागरिक श्री युद्धप्रसाद बैद्य, उपसंयोजक श्री कृष्णकुमार शाह, सदस्यहरु निवर्तमान नगर प्रमुख महेश बस्नेत, पूर्व नगर प्रमुख श्री हिमालय कर्माचार्य, पूर्व उपप्रमुख श्री कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पूर्व अध्यक्ष श्री धर्म गौतम, इन्जिनियर श्री गोपाल श्रेष्ठ, इन्जिनियर श्री सुरेश नेम्वाङ्ग, साहित्यकार श्री डम्बर पहाडी, साहित्यकार श्री राधेश्याम लेकाली, कवि श्री बिमल बैद्य, प्रतिनिधि, साहित्य कला संगीत प्रतिष्ठान इलाम, सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री कालीबहादुर भुजेल रहेको समिति गठन गनें ।
५) इलाम नगरमा बसाइ सरी आउने नयाँ परिवारलाई उपयुक्त समय मिलाई वडाध्यक्षबाट घरदैलोमा स्वागत कार्यक्रम गर्ने र २०७९ श्रावण १ गतेदेखि सो बसाइ सरी आउने नयाँ परिवारको मुख्य व्यक्तिलाई पञ्जीकरण प्रमाणपत्र समेतको आधारमा वडा कार्यालयबाट स्वास्थ्य बीमा कार्ड उपलब्ध गराउने ।
६) भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रशासन सहकारी ता गरिबी निवारण महाशाखा सिंहदरबारको च.नं. ८५ मिति २०७८।७।८ को पत्रानुसार गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम इलाम नगरपालिका समेत लागू भई तथ्याङ्क संकलनको कार्य अन्तिम चरणमा पुगिसकेको हुँदा सो कार्यक्रमअन्तर्गत गरिव परिवार परिचय पत्र प्राप्त गर्ने परिवारमध्येबाट प्रति वडा २० घरपरिवारका दरले अति विपन्न गरिव परिवारलाई ५० प्रतिशत लागत साझेदारीमा वडा कार्यालयमार्पmतस्वास्थ्य बीमा कार्ड उपलब्ध गराउने ।
६) इलाम अस्पताल र इलाम अस्पतालको रेफर अस्पतालमा जन्मेका प्रत्येक बच्चालाई जन्मदर्तासँगै ३ वर्षसम्म दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा सुविधा र स्थानीय सहकारी संस्थामा बाल बचत खाता खोल्न वडा कार्यालयको बजेटबाट रु १ हजार अनुदान दिने कार्य २०७९ श्रावण १ देखि प्रारम्भ गर्ने र सोको लगत तथा आवश्यक कागजात संकलन कार्य इलाम अस्पतालस्थित नगरपालिकाबाट सञ्चालित स्वास्थ्य हेल्प डेस्कमार्पmत अगाडि बढाउने ।
७) नक्सापास अभियानलाई अझ प्रभावकारी गर्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि नक्सापासको दायरा बाहिर रहेका घरहरुलाई सहज ढङ्गले नक्सापास गर्ने गराउने व्यवस्था मिलाउने र नक्सापासको दायरा बाहिर रहेका जग्गाधनीहरुका बारेमा तथ्यगत सूचना दिई सहयोग गर्ने सूचीकृत बेरोजगारहरुलाई २०७९ श्रावण १ देखि लागू हुने गरी सूचनाको सत्यापन प्रमाणित भएपश्चात प्रति सूचना रु २५००।०० का दरले रकम उपलब्ध गराउन वडा कार्यालयहरुमार्पmत सूचीकृत बेरोजगार तथा श्रमिकहरुको लगत अद्यावधिक गर्न गराउने कार्य तत्काल शुरु गर्ने ।
८) सामुदायिक विद्यालयमा खेलकूद, अतिरिक्त क्रियाकलाप, संगीत तथा नृत्य, आयुर्वेद तथा योग ध्यान प्रशिक्षणका लागि प्रत्येक विद्यालयमा न्यूनतम १५ देखि ३० दिनसम्मको अतिरिक्त कक्षा सञ्चालनका लागि वैतनिक प्रशिक्षक परिचालन गर्न सम्बन्धित क्षेत्रका विषय विज्ञ वा प्रशिक्षकहरुको सूची (रोस्टर) तयार गर्ने ।
९) इलाम नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहसम्बन्धी पृष्ठपोषण तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणका लागि सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम ९भ्हष्त एयिि०भराउने गरिएकोमा सो सर्वेक्षण फारामहरुमा छलफल हुँदा सेवाग्राहीबाट प्राप्त गुनासो तथा सुधार गर्नु पर्ने सुझावहरुलाई ध्यानमा राखी सेवा सुविधाको स्तर अभिबृद्धि गरी सेवाग्राहीलाई सन्तुष्ट बनाउन आवश्यक प्रयत्न जारी राख्ने र सो फाराम वडा कार्यालयका सेवाग्राहीहरुलाई समेत भराई वडा समितिमा छलफल भएको निर्णयसाथ सूचना शाखामा अभिलेख राख्ने ।
निर्णय नं. ६
इलाम नगरमा रहेको वि.सं. १९२० मा रोपिएको ऐतिहासिक इलाम चिया बगान र वि.सं. १९३५ मा सञ्चालनमा आएको ऐतिहासिक चिया कारखाना १५० वर्ष भन्दा पुरानो पुरातात्विक सम्पदा भएको हुनाले यस सम्पदालाईविश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निर्णय नं. ७
इलाम नगरपालिका वडा नं. ७जनकचोक छेउमा निर्मित कृषि तथा पशुपंक्षी खरिद बिक्री भवनको जमिन तलामा वडा वडाबाट आएका सागसब्जी तथा तरकारीलाई सहज बेचबिखनलाई प्रोत्साहित तथा बजारीकरण गर्नका लागि स्थानीय सहकारी संस्था, व्यापारिक प्रतिष्ठान, कृषि समूह तथा इच्छुक व्यापारी व्यवसायीहरुलाई भाडामा लगाउन भाडादर निर्धारणका लागि राजश्व परामर्श समितिमा पठाई समितिको राय परामर्श अनुसार भाडामा लगाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निर्णय नं. ८
इलाम पशुपंक्षी पालनमा अग्रस्थानमा रहेको हुनाले पशुधनको सुरक्षा तथा पशुपंक्षी पालक किसानहरुलाई सुविधाका लागि इलाम नगर क्षेत्रमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र सञ्चालनमा रहेकोमा सो केन्द्रलाई स्तरोन्नति गर्नु पर्ने आवश्यकता देखिएको हुनाले सोको स्तरोन्नतिका लागि १ नं. प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. ९
इलाम नगरको वडा वडामा उत्पादित सागसब्जी तथा तरकारीको सहज बजारीकरणका लागि सहकारी संस्थाको सहकार्यमा वडा वडामासंकलन केन्द्र स्थापना तथा मल, बीउबिजन बिक्री वितरणका लागि सहकारी, श्रम तथा रोजगार शाखाबाट आवश्यक सर्भेक्षण र वडा समितिको सुझाव समेतका आधारमा सहकारी संस्था छनौट गरी कार्ययोजना तयार गर्ने निर्णय गरियो ।
निर्णय नं. १०
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम नगरपालिकाले आप्mनो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्ने भएकोले साविकको न्यूनतम दररेटमा समयानुकूल परिमार्जन गर्दै आ.ब. २०७९।०८० को लागि न्यूनतम दररेट तोक्ने निर्णय गरियो ।
निर्णय नं. ११
झापादेखि इलाम हुँदै पाँचथर ताप्लेजुङ्गसम्म सहज आवागमनका लागि मेची राजमार्ग सञ्चालनमा रहेकोमा वैकल्पिक राजमार्गको रुपमा इलाम गोलाखर्क भन्ज्याङ्ग बेलासे चिसापानी सुखानी शनिश्चरे बिर्तामोड हुँदै झापासम्म जोड्ने सडक निर्माणको कार्य भई रहे पनि इलाम सदरमुकामलाई झापाको बिर्तामोडसम्म छोटो दूरीको यात्राबाटै जोड्ने यस वैकल्पिक राजमार्गलाई चाडो भन्दा चाडो कालोपत्रे गरी सञ्चालनमा ल्याउनका लागि संघीय सरकार समक्ष आवश्यक पहल गरी कालोपत्रे सडक निर्माणमा थप तीब्रता ल्याउने उद्देश्यका साथ आगामी ११ औ नगरसभा पछि इलाम नगरपालिकाको प्रतिनिधिमण्डल काठमाडौ जाने निर्णय गरियो ।
निर्णय नं. १२
इलाम नगरपालिकाको आ.ब. २०७८।०७९ का लागि विनियोजित निम्न शीर्षकको निम्नानुसारको रकम रकमान्तर÷योजना परिवर्तन गर्ने निर्णय गरियो ।
बजेट शीर्षक विनियोजित रकमान्तर गर्न सकिने रकमान्तर गर्नु पर्ने शीर्षक तथा कार्यक्रम रकम कैफियत
क्र.सं. १८४माइघाटमा टहरा तथा खानेपानी निर्माण ५,००,०००।०० ५,००,०००।०० क्र.सं. १८४ सिलपुरदेखि काइलाटार हुँदै माइघाट जाने सडक स्तरोन्नति ५,००,०००।००
निर्णय नं. १३
इलाम नगरपालिका, नगर कार्यपालिकाको मासिक बैठक प्रत्येक महिनाको ५ गतेका दिन बस्ने गरेकोमा सो मितिलाई परिवर्तन गर्दै प्रत्येक महिनाको ६ गतेका दिन बिहान ८ बजे र अन्य समयमा आवश्यकतानुसार कार्यपालिका बैठक बस्ने निर्णय गरियो ।
निर्णय नं. १४
इलाम नगरपालिका वडा नं. ७ बजार क्षेत्रसँग जोडिएको सिंहबाहिनी खोल्सी, भ्mयाउकिरी खोल्सी, कुलधारा खोल्सी, नारायणथान खोल्सी लगायत अन्य वडामा समेत रहेका विभिन्नखोल्सीहरुलाई विपद जोखिमका दृष्टिले व्यवस्थापन गर्नका लागि प्राविधिक अध्ययन हुनु आवश्यक देखिएको तर यस न.पा. मा सो प्राविधिक अध्ययनका लागि विज्ञ नभएको हुनाले विज्ञटोली खटाई सो खोल्सीहरुको प्राविधिक अध्ययन गर्ने कार्यमा सहयोग गरि दिन हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. १५
इलाम नगरपालिका वडा नं. ७चोकबजारस्थित पिपि टावरमा जडान भएको घडी बिग्रिएको हुनाले सो स्थानमा डिजिटल घडीको व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. १६
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३६ बमोजिम नगरपालिकाले अन्य गाउँपालिका तथा नगरपालिकासँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापनमा विविध कार्यहरु गर्न सक्ने भएको हुनाले निम्न कार्यहरुको लागि इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, रोङ्ग गाउँपालिका र सूर्योदय नगरपालिकासँग साझेदारी संझौता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निम्न ः
१) पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवद्र्धन र विकास
२) विपद् व्यवस्थापन
३) फोहोरमैला विसर्जनस्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन
निर्णय नं. १७
इलाम नगरपालिकाबाट बैंकिङ्ग प्रणालीमार्पmत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेकोमा बृद्धबृद्धा, अशक्त तथा बिरामी लाभग्राहीहरुलाई बैंकसम्म आउन जान कठिनाई भएको, लाभग्राहीहरुले भत्ता बुभ्mन ज्यानै फाल्नु पर्ने अवस्था रहेको, स्वयं उपस्थित हुनु पर्ने अवस्थाका कारण निकै कठिनाई रहेको जस्ता गुनासो प्राप्त भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको च.नं. ४८८५ मिति २०७८।५।२० तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ७८ मिति २०७८।५।२८ को निर्देशन समेतलाई ध्यानमा राखी सामाजिक सुरक्षा भत्तालाई अझ सहजीकरण गरी वडा कार्यालयहरुमा समयतालिका बनाई वितरण गर्ने गराउने व्यवस्था मिलाउन सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा संलग्न बैंकहरुसँग समन्वय गर्ने निर्णय गरियो । _धन्यवाद