रोङ गाउँपालिकाको पाटापुर बन्ने भयो जलबायु अनुकुल गाउँ

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

रोङ: इलामको रोङ गाउँपालिका वडा नं ६ को पाटापुरलाई जलबायु अनुकुलताको नमुना गाउँ बनाउन बिदेशी संस्थासंग संम्झौता भएको छ ।
जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताको अवस्थामा स्थानिय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र ९एन सि डि सि ०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानिय बिकास कोषको सहयोगमा चालु बर्षमा बैदेशिक सहयोगमा कार्यक्रम संचानन गर्न ५० हजार डलर खर्च गर्ने गरि गाउँपालिका र केन्द्रसग संम्झौता भएको हो ।
संम्झौताको कार्ययोजना अनुसार जलबायु अनुकुलतन गाउँ निमार्ण गर्न कृषक समुह गठन र दर्ता गर्ने तथा क्षमता अभिबृद्धि बिभिन्न प्रबिधि हस्तान्तरण, कृषिमा यन्त्रिकरण र उत्पादनमा बृद्धि सिचाइ सुबिधा ,बजारीकरण ,स्थानिय स्तरमा खानेपानी श्रोतको संरक्षण गुणस्तर मापन तथा सचेतना अभिबृद्धि सुधारीएको चुलो प्रवर्धनात्मक कार्यक्रम संचालन गरिने गाउम्हपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । एक बर्षको लागि संचालिन हुन लागेको परियोजना २०७९ चैत्र १६मा सकिने र कार्यप्रगतिको आधारमा योजना बिस्तार र थप गर्न सकिने भएको छ । इलामको सुदुर पूर्वमा रहेको रोङ ६ मा अवस्थित पाटापूर भारत र झापासँग जोडिएको एउटा बिकट र पछाडी परेको गाउँ छ।

Leave a Reply

Your email address will not be published.