इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस सूचना प्रविधि स्वास्थ्य/शिक्षा

प्रेम अधिकारी:

इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।
प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न सकिने, सूचीदर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी ४ प्रकारका सेवा संचालनमा ल्याएको छ । पेपरलेस अभियानमा लागेको नगरले अवका दिनमा कुनै पनि हस्तलिखित निवेदन नबुझने जनाएको छ । नगर प्रमुख रण बहादुर राईले डिजिटल प्रविधि शुरु भए पछि सेवा लिने र दिने दुबैको समय बचत हुने बताउनु भयो । उहाले भन्नु भयो‘नगरका काम गर्न अव घण्टौ धाउनु र लाईनमा बस्नु पर्दैन, घरमै बसेर घरे हुन्छ ।’
नगरले सबै प्रकारका कर इसेवा, खल्ती लगायतका एप्सबाट तिर्न मिल्ने बनाएको छ । नगर प्रमुख राईले सेवालाई छिटो छरितो र समयको बचन गर्नका लागि डिजिटल प्रविधिले काममा ठूलो सहयोग पुग्ने बताउनु भयो । नगर प्रमुख राईले कुनै जनप्रतिनिधिको अनुसार हेर्न मन नलागेको भए अव अनुसार नहेरी काम गर्न सकिने वातावरण बनाईएको बताउनु भयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले डिजिटल माध्यमको बिकास र बिस्तारले जवाफदेहीता र पारदर्शीता बढ्ने बताउनु भयो ।‘अनलाईन सेवाले काम गर्न दुबै पक्षलाई सहज भएको छ ।’
नगरले यस अघि नै इएटी सिस्टम मार्फत भुक्तानी दिने ब्यवस्था मिलाई सकेको छ । नगरपालिका , वडा कार्यालय र नगरका सामुदायीक बिद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान थालेको नगरले नगर सभा र महत्वपूर्ण कार्यक्रम डिजिटल डिस्प्ले मार्फत प्रत्यक्ष प्रसारण गर्दै आएको नगरका सूचना तथा प्रविधि अधिकृत उज्जव सुवेदीले जानकारी दिनु भयो ।
नगरपालिकाका सवारी साधनमा यस अघि नै जिपिएस जडान गरी सकिएको छ । नगरपालिका, वडा कार्यालय र बिद्यालयमा इ हाजीरी यस अघि नै संचालनमा ल्याई सकेको छ । नगरपालिकामा वेदर स्टेसन(मौषमको रेर्कड राख्ने यन्त्र) जडान गरीसकेको छ । सामुदायीक बिद्यालयलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक्स प्यानल बोर्ड उपलब्ध गराई रहेको छ ।

Leave a Reply

Your email address will not be published.