इलामको कैयाकट्टाबाट भारत लैजादै गरेको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस समाचार

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी इलामका प्रमुख प्रहरी उपरीक्षक सुरेश सापकोटाले एबीसी नेपालीलाई जानकारी दिनु भयो । उहाका अनुासर गोरु संगै तीन जना गोरु ब्यपारीलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई पशुपतिनगर ल्याउने जनाईएको छ ।
इलामको पशुपतिनगर , हिले , छब्बीसे लगायतका नाकामा प्रहरीले कडाई गरेपछि सीमावर्ती अन्य नाकाको प्रयोग गरेर ब्यपारीले गोरु भारत लैजाने गरेको छन् । भन्सार छलेर ब्यपारीले इलाम सहित तराईका गोरु समेत यी नाकाबाट भारत निकासी गर्ने गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका गोरु पशुपतिनगर भन्सारमा बुझाउने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.