स्वास्थ्य स्वयमसेविकाहरुको रोङ गाउँपालिकाद्धारा स्वास्थ्य बिमा

बिजनेस बिमा विश्व अर्थतन्त्र समाज सेयर बजार स्वास्थ्य/शिक्षा

कुटिडाँडा: इलामको रोङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयसेविकाहरुको निःशुल्क स्वास्थ्य विकास गरिदिएको छ । ग्रामीण क्षेत्रमा रहेर सरकारका स्वास्थ्य सम्बन्धि सम्पूर्ण काममा सहयोग गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गरिदिएको हो ।
बार्षिक रुपमा स्वास्थ्य बिमामा खर्च हुने २ हजार ५ सय रुपैयाँ गाउँपालिकाको बजेटबाट खर्च गरि स्वास्थ्य बिमा गर्ने अभिकर्तालाई प्रदान गर्दै आएको हो । स्वास्थ्य बिमा कार्यक्रममा सबै स्वास्थ्य स्वयमसेविकाहरुलाई जोडेपछि ५० हजारसम्मको निःशुल्क उपचार पाउने व्यवस्था रहेको छ । गत आर्थिक वर्षमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम चालु आर्थिक वर्षमा पनि गाउँपालिकाको बजेटबाट नविकरण गरिएको रोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रकुमार देवले बताउनुभयो ।
रोङ गाउँपालिकामा रहेका चार वटा स्वास्थ्य चौकीमा ७७ जना स्वास्थ्य स्वयमसेविकाहरु काम गर्दै आएका छन् । यस्तै सरकारको स्वास्थ्य सम्बन्धि कार्याक्रम कार्यान्वय गर्न लामो समयदेखि योगदान गरेको भन्दै रोङ गाउँपालिकाले माघ १८ देखि २२ गतेसम्म स्वास्थ्य स्वयमसेविकाहरुलाई देशको विभिन्न क्षेत्रको भ्रमण समेत गराएको छ ।
गाउँपालिकाले पोखारा, मनकामना, भरतपुर क्यान्सर अस्पताल र २ नम्बर प्रदेशको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको स्वास्थ्य प्रमुख नरेन्द्रकुमार देवले बताउनुभयो । रोङ गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्र रहेको छ ।

Leave a Reply

Your email address will not be published.