ब्यवसायिक खेती नहुँदा अमुल्य जडिबुटी पिप्लाले बजार पाएन

Mukya Samachar Special News प्रदेश नं. १ बिजनेस समाज स्वास्थ्य/शिक्षा


गोबिन्द पौडेल रोङ :

कछाडमा पाइने औषधि जन्य गुण भएको पिप्ला कौडीको मुल्यमा बेचिने गरिएको छ । अहिले सम्म कसैले ब्यवस्थित रुपले स्याहार नगरेको र जंगलमानै रुख र ढुङ्गामा टासिएर हुर्कदै फल्ने एक प्रकारको बनस्पति पिप्ला हो । जुन आर्युबेदिक उपचारमा प्रयोग हुने गरेको छ ।

गाउँलेहरुलाइ यसको कुनै महत्व थाहा नभएपनि पिप्ला किन्नको लागि मानिसहरु आउने भएका कारण यसको फललाई टिपेर अति सस्तो मुल्मा बेचिने गरेको छ । पिप्ला उत्पादन हुने क्षेत्रमा ब्यवसायिक रुपमा खेती गराउन सकिने भएपनि अहिलेसम्म कसैले ध्यान दिएको पाइदैन ।

आफ्नै बारीको बुट्यानमा हुर्किएको पिप्ला एक बोटमानै करिव सात देखी नौ किलो सम्म हुने गरेको पिप्ला टिपेर उसिनेर सुकाएपछि प्रतिकिलो पाँच सय रुपैयाँमा ब्यपारीहरुले किन्ने गरेको रोङ ६ का गणेस राइले बताउनु भयो । राईका अनुसार गाउँमा करिव २ सय किलो जति पिप्ला संकलन गरिने गरिएको छ ।

आर्युबेदिक औषधिहरुमा प्रयोग गरिने पिप्ला रुघा , खोकी, कर्मी र दमको उपचारमा पिवप्लाबाट बनेको चुर्णको प्रयोग हुने गरेको मेची अञ्चल आर्युबेदिक अस्पतालका प्रमुख खगेन्द्र पौड्ेलले बताउनु भयो ।
पिप्लालाई सुकाएर घिउमा भुटेर धुलो बनाएर सो रोगीहरुले एक देखी दुइ ग्राम प्रयोग गरे फाइदाकारी हुने पौडेलले बताउनु भयो ।

पिप्लाको फल

साथै अपच र एन्टिबायोटिक्समा समेत यसको प्रयोग गरिने गरेको छ ।अहिलेसम्म नेपालमा भारतीय कम्पनिहरुबाटनै यस प्रकारको औषधिहरु भित्रने गरेको छ ।

नेपालमा ब्यवसायीक खेती नगरेका कारण जिल्ला बन कार्यलयसगको समन्वयमा यसको खेती गर्न र प्रदेश नं १ सरकारले आयुबेदिक उत्पादन तथा प्रसोधन कार्य संचालन गर्न सक्न रोङ गाउपालिकाका अध्यक्ष शमसेर राईले बताउनु भयो ।

उहाले रोङमा यसको उत्पादनको अवस्था ,उत्पादनको संभावनाको खोजी, अध्ययन गरी बजारीकरण र बिस्तारको लागि प्रकृया अघि बढाईने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.