अलैँचीको स्याहारमा किसान ब्यस्त

प्रदेश नं. १ बिजनेस समाचार


गोबिन्द पौडेल रोङ :

परंपरागत शैलिमा परिवर्तन गर्दै अलैचीको खेतीमा आएको सुधारसगै यतीबेला किसानहरु अलैचीको काटछाँटमा ब्यस्त हुनेगरेका छन् ।
इलामको प्राय जसो सबै क्षेत्रमा हुने अलैची बिगत केही बर्ष यता संक्रामक रोगले पुरानो बगान मासिएपछि उत्पादन नै शुन्यको अवस्थामा पुगेको भएपनि अहिले आएर नया स्थान , नया तरिका नया प्रजातीको बिरुवा लगाएर अलैची पुन स्थापना भएको छ ।
ुकालो सुनु अनि ुखोल्साका सुन ु उपमा पाएको अलैचीलाइ आधुनिक तरिकाले स्याहार सुसार गर्दा उत्पादन बढेपछि किसानहरुले काटछाट गरि अलैचीलाइ मल हाल्ने गर्न थालेका हुन ।
यो सिजनमा अलैचीलाइ छुरी लगाएर दूइदेखी तीन इन्चको फरक डाडा बनाएर काटछाट गरिने गरेको छ । नफल्ने बाजीर रोगी डाला हटाउदै आवश्यक्ताअनुसार डालहरुको कटाइ गरिदा फलको थुगा पुष्ट हुने भएको कारण अलैची काटछाट गरिन थालेको रोङ ६ का किसान युवराज आचार्यको अनुभव रहेको छ । अलैचीबाट उत्पादन लिनलाइ भने फागुन महिनामा अनिबार्य रुपमा छुरी लगाएर काटछाट गर्नु पर्नेगरेको छ ।
२०४५ सालमा इलामको जिर्मलेमा भित्रिएको हरियो डाला र हरियो फल हुने बिशेषता रहेको जिर्मले जातको अलैची किसानहरुले बारीको ग¥हा नै मासेर रोपेका छन् कम ओसिलो, छहारी नसहने सुख्खा र तातो हावापानी समेत पचाएर राम्रो उत्पादन हुने यो अलैमा अत्याधिक मात्रामा टुसा आउने बिशेषता देखिएको छ ।
फलको उत्पादन लिनलाइ बर्खामा पलाएको टुसाहरु मंसिर पुसमा काट्नु पर्ने रोङ ६ सलकपुरका अगुवा किसान याम प्रसाद अधिकारी बताउनु हुन्छ ।। यतिखेर अलैचीको कोथा लागेर फल्ने र नफल्ने डालाहरु प्रस्ट छुटिने भएकोले काटछाटमा ससिजलो हुने गरेको छ ।
अलैचीको हरेक डालामा चार पाच वटा सम्म कोथा लाग्ने भएको बोट बाक्लो भएमा कोथाबाठ राम्ररी फुल फुल्न नसक्ने र फल समेत नलाग्ने भएकाले कतिपय बाक्लो बोटमा फुल फुल्ने बोट समेत फालिने गरेकोछ ।

Leave a Reply

Your email address will not be published.