रोङको बदमटारमा बिउ उत्पादन श्रोतकेन्द्र बनाइने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस समाज


गोबिन्द पौडेल रोङ

रोङ गाउपालिका वडा नं २ को बदमटारलाइ मकैको बिउ उत्पादनको श्रोत केन्द्रको रुपमा बिकास गरिने भएको छ ।

र्निबाह मुखी खेती गर्दै आएका बदमटारबासीहरु कृषिमा आधारीत जनजीवन भएपनि आर्थिक उन्नती हुन नसकेको कारण खेती प्रणालीमा सुधारगरि निर्यातमुखी बनाउने उदेश्यको साथ बदमटार कृषक समुह गठन गरि मेची कृषि सहकारी संस्थासगको सहकार्यमा केही समय अघि माटो परिक्षण गरिएको र सो परिक्षणको आधारमा मकैको बिउ उत्पादन गरि श्रोत केन्द्रको रुपमा बिकास गर्न सकिने संभावना रहेपछि वडा कार्यलयको सहयोगमा श्रोतकेन्द्र बिकासको अवधारण तयारपारी कार्य थालिएको वडाअध्यक्ष टेक बहादुर तामाङ्गले बताए ।

बिउ उत्पादनको श्रोत केन्द्र बिकास गर्न वडा कार्यलयको सहयोगमा किसानहरुलाइ मागको आधारमा रामपुर कम्पोजिट जातको मकैको बिउ र जे एम पी आर्गोनिक मल समेत बितरण गरिएको छ । रामपुर कम्पोजिटर जातको मकको बिउै प्रतिकिलो ५० का दरले एक हजार किलो र जि. एम पी नामक आर्गेनिक मल समेत अनुदानमानै बितरण गरिएको थियो ।

माटो परिक्षण गर्दा माटोमा अम्लिय पन दृेखिएकोकारण कृषि चुन मिश्रित सो जि. एम पी नामक मल कृषि प्रबिधिकले सिफारीस गरेका थिए । मल बिउ र प्रबिधि पाएपछि आफुहरुलाइ सहज भएको किसानहरुको भनाइ रहेको छ ।
यसैगरि बदमटार किसान समुहको सक्रियतामा किसानहरुलाइ उन्नत जातको धानको बिउ बितरण गरिने कार्ययोजना समेत रहेको बदमटार कृषि समुहका सचिव कुल दिप खालिङ्गले बताए । यस अघि रन्जित जातको धानको बिउ लगाएने गरेकोमा बिज्ञको सिफारीसमा राधान जातको धानको बिउ बितरण गर्ने कार्यजोजना रहेको छ ।



      



Leave a Reply

Your email address will not be published.