माईपोखरीका आगलागी पीडितलाई सिद्धेश्वरी स्पोर्टिङ्ग क्लबले बाढ्यो राहात

Breaking News Hot News Mukya Samachar Special News Trending बिजनेस समाज

इलामः
इलामको माईपोखरीका आगलागी पीडितलाई राहात वितराण गरिएको छ । इलाम नगरपालिका–४ स्थित बरबोटेको सिद्धेश्वरी स्पोर्टिङ्ग क्लबले माइपोखरी आगलागी पीडितहरुलाई चामल तेल नुन चिनी लगायतका दैनिक उपभोग्य साम्रगी राहात स्वरुप बितरण गरेको हो ।
क्लबले आगलागी पीडित पाँच परिवारलाई १९ प्रकारका दैनिक उपभोग्य सामग्री वितरण गरेको क्लबका सदस्य बिशाल सोङमीले जानकारी दिनु भयो ।
क्लबले सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईको उपस्थितिमा राहात बाडेको हो ।
यस अघि जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रसले शुक्रबार राहत वितरण गरेका थिए ।
गत विहीबार आगलागी हुँदा माइपोखरी प्रवेश द्धार अगाडि रहेका ४ घर जलेरका थिए । आगलागीबाट तीन करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.