इलाम र पाँचथरको सिमाना राँके कृषि उपजको केन्द्र

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति घुमफीर पर्यटन बिजनेस

पाँचथर: राँके बजार पाँचथर–इलाम सिमामा अवस्थित बजार हो । मेचि राजमार्गमा पर्ने यो बजार पाँचथर–इलामको सिमामा रहेको छ । राँके बजार कृर्षि उपजको लागी परिचित बजार हो । मेची राजमार्गले चिरेको यो सानो सुन्दर लेकाली बजारमा हिऊँद–वर्खा चिसो हुन्छ । एकैछिनमा घामको न्यानो स्पर्शले चुम्छ । एकैछिनमा बाक्लो कुहिरोले छोपिदिन्छ राँके बजारलाई ।
स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको फस्टाउँदो ब्यापारको लागी राँकें परिचित रहेको छ । राँके पुग्ने जो–कोहीले पनि स्थानीय उत्पादन अकबरे, नौनी, छुर्पी, ललीपप, मेलको चुप, अग्र्या्निक ग्रिन टि, ब्ल्याक टि, लेकाली जडिबुटिजन्य वस्तुहरु चिम्फिङ, टिमुर आदिको लोभलाग्दो ब्यापार देख्न सक्छन् ।
सडक किनारामै थापिएका स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको लोभलाग्दो पसलले राँके पुग्ने जो कोहिको पनि मन तान्छ । विभिन्न साइजका बट्टामा नुन, तेल, मसला लगायतका आवस्यक सामग्री लगाएर तयार पारिएका जडिबुटि १ सय ५० देखि ३ सय सम्ममा बिक्री हुने अनुशा भेराइटिजका प्रोपाइटर अनिता तामाङले बताइन् । ‘मासुका परिकार, अचार र तरकारीमा प्रयोग गरिने यी जडिबुटिजन्य वस्तुले औषधीको काम समेत गर्छ’ अनुशाले भनिन् । लेकको जङ्गलमा सित्तैमा टिप्न पाइने यी जडिबुटि आफूहरुले भने स्थानीय मार्फत् किनेर तयार गर्ने गरेको अनुशाको भनाई छ । ‘भ्याउँनेले आफैं पनि लेक गएर टिपेर ल्याउँछन्’ उनले भनिन् ।
स्थानीय उत्पादनमा अकबरे, नौनी, छुर्पी, ललीपप, लेकाली ग्रिन टि र ब्ल्याक टि राँकेको मौलिक चिनारी हो । नजिकैको लिचिङ्देन गाविसमा उत्पादित अकबरे बाहिर बजार सँगै राँके बजारमा बेचिन्छ । सो गाविसलाई जिल्ला कृषि विकास कार्यालयले अकबरेको लागि पकेट क्षेत्रनै घोषणा गरेको छ । राँकेमै डेरी र चिज उद्योग सञ्चालनमा छन् । लेकाली अग्र्या्निक ग्रिन टि उद्योग पनि राँकेमै छ । ती उद्योगमा उत्पादित उत्पादनहरु जिल्ला बाहिर निर्यात हुनुका साथै राँके बजारमा बिक्री–वितरण गरिन स्थानियहरु बताउँछन् ।
पाँचथरको पौवासारतपा, लिलिङ्देन र इलामको चमैताको संगमस्थल राँके बजार मेची राजमार्गको पहँुचमा रहेकाले पनि मानिसहरुको बाक्लो आवत–जावत हुने स्थानीय टेक चेम्जोङ बताउँछन् । राँके–रवि सडक खण्ड पनि यहींबाट छुटिन्छ । सो बाटो हुँदै घुर्विसे पञ्चमी, दशमी, आरुबोटे, चिसापानी पञ्चमी लगायतका सवारी साधन गुड्छन् । जसको बिसौनी राँके बजार नै हो । त्यसले पनि राँके बजारको व्यापारलाई फस्टाउँन सहयोग गरेको छ । प्राकृतिक सुन्दरता सँगै स्थानीय उत्पादन र लेकाली जडिबुटिजन्य वस्तुको ब्यापारले राँकेलाई साँच्चिकै रहरलाग्दो बनाएको यो बाटो हुँदै यात्रा गर्ने यात्रुहरु बताउँछन् ।
फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.