काठमाडौंमा लगानी सम्मेलन सुरू भयो , छ सयबढी पाहुना सहभागी

Breaking News Mukya Samachar Special News Trending बिजनेस विश्व अर्थतन्त्र समाचार

काठमाडौं : धेरैभन्दा धेरै विदेशी लगानी उठाउने उद्धेश्यले दुई दिने लगानी काठमाडौंमा हुँदैछ । दुई दिने लगानी सम्मेलनको राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

नेपालको आतिथ्यलाई स्वीकार गर्दै लगानी सम्मेलनमा ६ सयभन्दा बढी विदेशी पाहुना सहभागी छन् । सरकारले लगानी सम्मेलनमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ ।

के हुँदैछ पहिलो दिन ?
–पाहुनाहरुको स्वागत
–प्रधानमन्त्री ओलीद्धारा सम्मेलनको उद्घाटन
–सरकारले गरेको नीतिगत सुधारबारे जानकारी दिइने

वक्ताहरुको विचार

के हुन्छ लगानी सम्मेलनमा ?
–कार्यक्रमका दौरान नेपालले ७७ वटा परियोजनालाई प्रस्तुत गर्ने तयारी गरेको छ ।
–नेपालमा लगानी गरेका लगानीकर्ताको अनुभव, अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको नेपाल अनुभव समेटिएका पाँचवटा सत्र संचालन हुने
–लगानीकर्तालाई मन परेको आयोजना निर्माण वा लगानी गर्ने अवसर । लगानी कर्तालाई देखाउन यातायात, सहरी, कृषि पूर्वाधार, शिक्षा र स्वास्थ्य, औद्योगिक पूर्वाधार, हवाई पूर्वाधार, पर्यटन र उर्जाका आयोजना छनोट ।
–सम्मेलनको दौरान १२ वटा परियोजनाका लागि सम्झौता र समझदारी हुने ।
–गैरआवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्वको कोष स्थापना गर्ने सम्झौता ।

१००० जना सहभागी
नेपाल लगानी बोर्डका अनुसार लगानीका सम्भावित परियोजनासहित लगानीका कानुनी तथा प्रक्रियागत पक्ष, लगानी सुरक्षा र प्रतिफल फिर्ता लैजाने सम्बन्धमा सरकारले लगानीकर्तालाई जानकारी गराउन लागेको उक्त लगानी सम्मेलनमा एक हजार जनाको सहभागीता रहने छ ।

सरकारको पहलमा निजी क्षेत्रले पनि हातेमालो गर्दै विदेशी लगानीकर्तासँग सम्बन्ध स्थापना गर्न लागेको उक्त सम्मेलनमा ४० देशबाट ६ सय विदेशी लगानीकर्ता तथा तिनका प्रतिनिधि सहभागी हुनेछन् ।

त्यसैगरी नेपाली लगानीकर्ताको पनि उल्लेख्य सहभागीता हुनेछ । चार सयजति गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको सहभागिता रहने बोर्डले जनाएको छ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुल ३४ खर्ब ६८ अर्ब रुपैयाँ लागतका ७७ आयोजना प्रदर्शनीमा राखिने छन्।

विश्वका प्रतिष्ठित प्रविधिमा आधारित माइक्रोसफ्ट, अमेजनजस्ता कम्पनीका प्रतिनिधि काठमाडौं आएकाले पनि प्रविधि विकासमा नेपालले फड्को मार्ने आशा गर्न सकिन्छ ।

नेपालले वि.सं २०४९ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण कानुन जारी गरी विदेशी लगानी खुला गरेयता १७३ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ।

सरकारले यसअघि २०७३ सालमा पनि लगानी सम्मेलन गरेको थियो ।

किन छैनन् सरकारी उच्च प्रतिनिधि ?
सम्मेलनमा विदेशबाट आउने पाहुनाहरु सरकारका उच्च प्रतिनिधि छैनन् । यसअघिको सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली आएका थिए । तर यसपटक भारतमा कोही पनि भारतीय सरकारका उच्च प्रतिनिधि छैनन् ।

अर्को छिमेकी चीनले पनि दुई सय बढी प्रतिनिधि पठाए पनि सरकारी उच्च अधिकारी कोही पनि छैनन् ।

हुनत यो प्रतिवद्धता सम्मेलन भएकाले यसमा त्यस देशका लगानीकर्ताहरु नै हुनुपर्नेमा जोड दिइएको छ ।

तर उनीहरुको आफ्नै सरकारले आश्वासन नदिई उनीहरुले नेपालमा कुन ग्यारेन्टीले लगानी गर्लान् भन्ने प्रश्न पनि उठ्ने गरेको छ । हाम्रकुराबाट

Leave a Reply

Your email address will not be published.