राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्था बन्द हुने दिनहरुको सूची सार्वजनिक गरेको छ। विभिन्न समुदायको चाडपर्व तथा संस्कृति र भौगोलिक क्षेत्रलाई समेत मध्यनजर गर्दै विदाहरुको सूची सार्वजनिक भएको हो।
वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बैंकहरु बिहान १० बजेदेखि अपह्रान्ह ४ बजेसम्म खुल्ला रहनेछन्। त्यस्तै कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपह्रान्ह ३ बजेसम्म बैंकहरु खुल्ला रहनेछन्। शुक्रबार भने १० बजेदेखि साढे १२ बजेसम्म बैंकहरु संचालन हुनेछन्।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते बैंकहरु बन्द रहनेछन्। वैशाख १८ गते मजदुर दिवस र जेठ ४ गते बुद्ध जयन्तीका दिन बैंक बन्द रहनेछन्। भोटेजात्रा र साउन ३१ गते गाइजात्राको दिन काठमाडौं उपत्यकाका बैंकहरु बन्द रहनेछन्।
भदौ १६ गते तीजका दिन बैंकहरु बन्द रहनेछन्। २७ गते इन्द्रजात्रा परेकाले काठमाडौं उपत्यकाका बैंकहरु बन्द रहनेछन्। असोज ३ गते संविधान दिवसका दिन बैंकहरु बन्द रहनेछन्।
असोज १८ देखि २२ गतेसम्म दसैँ परेकाले बैंकहरु बन्द रहनेछन्। कात्तिकमा १० देखि १२ गतेसम्म तिहार विदा हुनेछ। कात्तिक २५ र २६ गते क्रमशः किराँत र शिख धर्मावलम्बी कर्मचारीहरुले विदा पाउने छन्। यद्यपी बैंकहरु यी दिन संचालन हुनेछन्।
मंसिर १७ गते अपांगता दिवस परेकाले अपांग कर्मचारीहरुका लागि विदा हुनेछ। फागुनमा ९ गते शिवरात्रि र २५ गते महिला दिवसका दिन बैंकहरु बन्द रहनेछन्। फागुन २६ गते होली परेकाले पहाडी, हिमाली र भित्री मधेसका ५८ जिल्लामा बैंकहरु बन्द रहनेछन्। होलीकै कारण २७ गते तराई क्षेत्रमा बैंकहरु बन्द रहनेछन्। चैत ११ गते घोडेजात्राका दिन उपत्यकाका बैंकहरु बन्द रहनेछन्।
यीबाहेक प्रत्येक शनिबार र सरकारले सार्वजनिक विदा घोषणा गरेका दिनहरुमा पनि बैंकहरु बन्द रहनेछ।
सम्वन्धित धर्म, संस्कृति र भौगोलिक क्षेत्र विशेषका लागि सार्वजनिक विदा हुने पर्वहरु
भदौ ६ गते गौरा पर्व, इस्लामहरुको इदुलफित्र इदका दिन सम्बद्ध बैंकका कर्मचारीहरुले विदा पाउने छन्। असोज ५ मा परेको जितिया पर्वका लागि सम्बद्ध महिला कर्मचारीहरुले विदा पाउने छन्।
कात्तिक १६ गते छठ पर्व, इस्लामहरुको बकर इद, मंसिर १७ गते किराँतहरुको उधौली पर्व तथा योमरी पुन्ही, पुस ९ गते क्रिशमस पर्व र १५ गते तमु ल्होसारका दिन सम्बद्ध कर्मचारीहरुले विदा पाउने छन्।
माघ १ गते माघे संक्रान्ति, ११ गते सोनम ल्होसार, १२ गते शेर्पाहरुको ग्याल्पो ल्होसारका दिन बैंकका सम्बद्ध कर्मचारीहरुले विदा पाउने छन्।
सिरुवापानी पर्वका दिन झापा, मोरङ, सुनसरी, सिराह र सप्तरी जिल्लामा तथा धवथाम्वु छेउचिक पर्वका दिन सो पर्व मनाउनेहरुले विदा पाउने छन्।सेतोपाटीबाट