जन्मेको गाउँलाई एम्बुलेन्स उपहार

जन्मेको गाउँलाई  एम्बुलेन्स उपहार
             

गोबिन्द पौडेल,रोङ:

सुख र सयलमा सबैकुरा भुलेपनि जब दुःख र कष्ट पर्छ त्यतिखेर आमाको याद आउछ । त्यसैले त होला जन्म दिने आमा र जन्म भूमि स्वार्ग भन्दा पनि प्यारो हुन्छ , यहि आर्दशलाइ साकार बनाउन जन्म स्थान छाडेर बिभिन्न स्थानमा कर्मभूमि बनाएका सलकपूरेहरुले आगामी नया बर्षको दिन आफ्नो जन्मभूमिलाइ एम्बुलेन्स उपहार दिने भएका छन् ।


रोङ गाउँपलिका बडा नं ६ को सलकपुरको मोतिराम माध्यामिक बिद्यालयमा कार्यरत शिक्षक गान्धि प्रसाद खनाल २०७५ मैसिर २५ गते दिनभर बजारमा किनमेल गरेर घर फर्केपछि घरमै अचानक बिरामी परेको र गाडी खोजदा खोज्दै करिव डेढ घण्टा बित्दा उनको निधन भएपछि बिभिन्न कामको शिलशिलामा बारिएका नागरिकहरुले काठमाण्डौमा गरेको भेलाले मनि दोर्जे मोक्तानको अध्यक्षतामा बिरेन गोम्देन उपाध्यक्ष दल बहादुर योन्जन सचिव भूपेन्द्र सेतिसुराल सहसचिव कुनसाङ्ग गोम्देन कोषध्यक्ष मधुमाया राइ, लिला गोम्देन, नबिन किसोर सापकोटा, चित्रकला भण्डारी , किशोर तामाङ्ग र सरन गजमेर सदस्य रहेको गैर आवासिय सलकपूर समाजको गठन गरेर गृह मन्त्रालयमा २०७३ चेत्र २२ गते दर्ता नं ८२८मा संस्था दर्ता गरि कार्य थालेको थियो ।

पछि २०७४ जेठ १२ गते समाज कल्याण परिषदमा समेत संस्था दर्ता गराइ जन्मभूमि मा संचालन गर्न एम्बुलेन्स खरिदको प्रतिबद्धताको साथ सामाजिक संजालमा समेत अनुरोध गदै कार्य थालिएको सकरातमक कामको स्वागत गदै धेरैले यथाशक्य सहयोग गरेको र यो क्रम निरन्तर रहेको अध्यक्ष मनिदोर्जे तामाङ्गले बताए । कसले कति सहयोग गरेको छ हरेकको फोटो सहित गैर आवासिय सलकपूर समाजको पेजमा राखिएको र समग्रममा हिसाव चुस्त र दुरुस्त राख्दै सार्वजनिक गरिने समेत उनको भनाइ रहेको छ ।

यता सलकपूरमा आउन लागेको एम्बल्ोन्स संचालनको लागि निमा स्याङ्गवोको संयोजकत्वमा, प्रेम स्याङ्गबो,प्रकाश स्याङ्गबो,कुषल थापा र डब्वर गहतराज सदस्य रहेको तदर्थ सचालक समिति गठन गरि संचालन संबन्धि कार्यबिधि तयार गरिएको छ । समितिले पहाड र कच्चीबाटोमा गुडाउन सकिने महेन्द्र कम्पनिको गाडी खरिद गरि आगामी २०७६ बैशाक १ गते बिधिवत रुपमा गाउमा ल्याउने संचालक समितिका अध्यक्ष मनि कुमार स्याङ्गबोले बताए ।


सलकपूमा जन्मिएर कर्मभूमि बाहिर भएपनि गाउको सम्मान र उन्नतीमा गरेको यो कार्य अतुलनिय योगदान भएको उल्लेख गदै यसको संचालनमा बिशेष ध्यानदिन सबैमा आग्रह गरेको वडाध्यक्ष मनि कुमार स्याङ्गबोले बताए । यता गाउमानै राखेर गाउलेलाइ प्राथमिकता दिदै सबै बिरामीहरुको उपचारमा सहयोगी बनाए संचालन गरिने एम्बुलेन्सको उपयोगबाट धेरैले जीवनदान पाउने आशा गरेको स्थानिय बासीहरुको अपेक्षा रहेको छ ।