इलाम उद्योग बाणिज्य संघको चुनावमा भिड्न ईश्वर चिपालुको नेतृत्वमा प्रजातान्त्रिक समुहको उम्मेदवारी घोषणा

Special News Trending बिजनेस

इलाम इलाम उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि प्रजातान्त्रीक समुह अन्र्तगत ईश्वर चिपालुको अध्यक्षतामा १६ सदस्यीय ब्यवसायिक समूहले आफनो प्यानल घोषणा गरेको छ ।
यही बैशाख २८ गते हुने संघको अधिवेशनका लागि प्रजातान्त्रीक समुहले आफनो प्यानल घोषणा गरेको हो । कृषि, उद्योग धन्दा, पर्यटन जस्ता ब्यवसायबाट आगामी दिनमा इलामको विकासमा मुख्य भूमिका निभाउने समेत आपूmहरूको उद्धेश्य रहेको बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष रहेका अध्यक्षका उम्मेदवार चिपालुले बताएका छन् ।
चिपालुको नेतृत्वको समूहबाट वरिष्ट उपाध्यक्षमा ब्यवसायी कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा निर्माण ब्यवसायीसमेत रहेका हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजले उम्मेदवारी घोषणा गरेका छन् । । त्यस्तै सदस्यहरूमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास, खिना बस्नेत, देवी निरौला र दिपा गुरुङ रहेका छन । उक्त समुह बिभिन्न सामाजिक संजाल मार्फत घोषणा गरिएको हो ।
सबै उम्मेदवारहरू ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरिरहेका र आगामी दिनमा उनीहरूबाट ब्यवसायी र इलामको ब्यापार ब्यवसायकै विकासमा काम गर्ने भएकाले यो समूहले अधिवेशनमार्पmत संघका सम्पूर्ण सदस्यहरूको साथ पाउने पनि बताइएको छ ।
इलाम उद्योग वाणिज्य संघअन्तर्गतका एक हजार एकसय ६४, माई नगरपालिका शाखाअन्तर्गतका ७० र देऊमाई नगर शाखाअन्तर्गतका ५९ जनासहित सदस्यहरू रहेका छन । संघको अधिवेशनका लागि घोषणा गरिएको उक्त समूह कांग्रेस निकट समुह हो ।

चिपालु बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन । चिपालुलाई संघका पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, बर्तमान द्वितीय उपाध्यक्ष, महासचिवलगायतको समर्थन रहेको बुझिएको छ । चिपालुले ६ वर्षअघि द्वितीय उपाध्यक्षबाट संघको कार्यसमितिको पदाधिकारीको यात्रा थालेका हुन् ।
उनले आप्mनो नेतृत्वमा साना ब्यवसायीसमेतलाई ब्यावसायिक बनाउने, ब्यवसायिक हक हितका लागि काम गर्ने, उद्योग धन्दालाई प्रवद्र्धन गर्ने, इलामको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने, कृषि स्वास्थ्य शिक्षा पर्यटनको विकासमा पहल गर्ने, नेपालमै सबैभन्दा बढी उत्पादन हुने अदुवासहित यहाँको दूग्ध, अलैँची, चिया जस्ता कृषि ब्यवसायको थप प्रवद्र्धनका काम गर्ने जनाएका छन ।
इलाम उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष कुबेरप्रसाद वैद्यसहित हालसम्म सात जनाले नेतृत्व गरिसकेका छन् । वैद्यपछि भगवतीदास श्रेष्ठ, पूर्णलाल श्रेष्ठ, हिमाय कर्माचार्य, भीष्म वैद्य, शुशिला सापकोटा पूर्व अध्यक्ष हुन् भने बर्तमान कार्यसमितिमा आनन्द कट्टेल अध्यक्ष छन ।

Leave a Reply

Your email address will not be published.