वाणिज्य संघ इलामको आगामी नेतृत्वका लागि देवेन्द्र शङ्करको नेतृतवमा प्रगतिशील समूहका उम्मेदवार सार्वजनिक

Special News Trending बिजनेस

इलाम:
इलाम उद्योग वाणिज्य संघको आगामी बैशाख २८ गते हुने आठौँ जिल्ला अधिवेशनमार्पmत नयाँ नेतृत्वका लागि नेपाल कम्यूनिष्ट पार्टी सम्बद्ध प्रगतिशील ब्यवसायीहरूको तर्पmबाट सबै उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
संघको हाल कोषाध्यक्ष रहेका देवेन्द्र शङ्करको अध्यक्षतामा उम्मेदवार समूह तय गरिएको हो । यसअघि नेपाली काङ्ग्रेस सम्बद्ध प्रजातान्त्रिक समूहबाट हाल प्रथम उपाध्यक्ष रहेका ईश्वर चिपालुको अध्यक्षतामा उम्मेदवार समूह सोमबार सार्वजनिक गरिएको थियो ।
मङ्गलबार बिहान इलाममा पत्रकार सम्मेलनमार्पmत शङ्कर नेतृत्वको उम्मेदवारहरू सार्वजनिक गरिएको हो । सम्मेलनमा उम्मेदवारको नामसहित सो समूहको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको थियो ।
शङ्कर नेतृत्वको समूहमा वरिष्ट उपाध्यक्षमा भक्तबहादुर लुङ्गेली, वाणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रविण श्रेष्ठ, महिला उपाध्यक्षमा कमला बाँस्कोटा, महासचिवमा प्रकाश चापागाई, सचिवमा केशव खनाल र कोषाध्यक्षमा दिब्या भट्टराई उम्मेदवार रहेका छन। त्यस्तै खुल्ला सदस्यहरूमा रेशम बराईली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल र चन्द्रबहादुर निरौला (मदन) तथा महिला सदस्यहरूमा कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा (पराजुली) रहेका छन् ।

उक्त समूहले सबै उद्योगी ब्यवसायीहरूको ब्यवसायिक हितको पक्षमा निरन्तर क्रियाशील रहने जनाउँदै ४१ बुँदे प्रतिबद्धता पत्र पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । आफनो समूहका सबै उम्मेदवार कृयाशील ब्यवसायी रहेको तथा उक्त समूहलाई संघका सबै सदस्यहरूको सहयोग रहने भएकोले नेतृत्वमा आउने अध्यक्षका उम्मेदवार शङ्करले बताएका छन । शङ्कर इलामका सुन ब्यवसायी हुँन्। सन्दकपुर अनलाईनको सहयोगमा

Leave a Reply

Your email address will not be published.