इलाम उद्योग वाणिज्य संघ आठौँ अधिवेशनमा ८५ प्रतिशत मत खस्यो

इलाम उद्योग वाणिज्य संघ आठौँ अधिवेशनमा ८५ प्रतिशत मत खस्यो


इलाम : इलाम उद्योग वाणिज्य संघ इलामको आठौँ जिल्ला अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । विहान आठ वजेदेखी सुरु भएको मतदान साँझ पाँच वजे सम्पन्न भएको हो । मतदानको निर्धारण गरिएको समस सम्ममा ८५ प्रतिशतले मतदान गरेका थिए । १२ सय ५७ मतदाता भएको इलाम उद्योग वाणिज्य संघमा १ हजार ६८ जनाले मतदान गरेको जनाइएको छ । निर्धारित समयमा जम्मा १ सय ८५ मत नखसेको निर्वाचन अधिकृत तिर्थ खतिवडाले जानकारी दिनुभयो ।
गौतमबुद्ध सभागृहमा भएको मतदानको मतगणना समेत सोहि ठाउँमा हुने वताइएको छ । साँझ साढे छ बाट मत गणना हुने बुझीएको छ । मतगणना भएर राती एक पछाडी मात्र पूर्ण नतिजा आउने छ ।