रोगले मासिदै ‘खोल्साको कालो सुन’

Breaking News Hot News Special News Trending बिजनेस

गोबिन्द,पौडेल ,रोङ :

पुरानै रोगका कारण खोल्साको कालो सुनको उपमा पाएको अलँैची बगान मासिए स्वाहा भएको छ ।
सिमसार र जंगलमा खेती गरिने अलँैची डढुवा रोगले मरेर बगानै सकिएपछि बारीको गरा र कान्लामा रोपण गरेर पुर्नस्थापना भएकोमा त्यसमा पनि पहिलाकै रोगले संक्रमणका कारण जंगल र बारीको दुबै बगान मासिएको हो । पुरानो बगान मासिएपछि किसानहरुले परम्ंपरागत रुपलाइ छाडेर गोडमेल र मलजल गर्ने गरेको भएपनि अन्तत किसानको मेहनत र प्रयास असफल भएको रोङ ६ का अलँैची किसान गणेशमान राइले बताए ।
उच्च मुलय हुदा जसरी पनि अलँैची फलाउने प्रयासमा लागेर किसानहरुले अनेकन प्रयास गरेको र नया बगान र बिरुवाले दुइ तिन बर्ष जति राम्रो उत्पादन दिएको भएपनि अहिले आएर सबै बगान डढेर सकिएको किसानहरुको भनाइ रहेको छ ।
नेपालको पूर्वी भागमा भारतबाट भित्रिएको अलँैची खेती अहिले बिस्तार भएर नेपालको करिव चालिस जिललामा खेती हुन थालेको थियो तर अलैचीको उद्गम स्थल इलाममानै किसानहरुले समस्या भोग्नु परेको छ । अन्य जातको अलँचीलाइ छाडेर जिर्मले जातको अलैँची रोपेको भएपनि यसमा समेत रोग देखिएकोले अव पुर्नस्थापनाको संभावना नरहेको किसानहरु बताछन् ।
दुई÷चार बर्षसम्म अलैँची बिरुवाको उच्च माग रहदा बिरुवा उत्पादनमा हौसिएका किसानहरु पोहोर साल बिरुवा नबिकेपछि निरास बनेका थिए् ।

अलैँची हुने ठाउँहरुमा बिरुवामा आतमानिर्भर भएका कारण बिरुवा नबिकेको अधिकारी नर्सरी उधेगका प्रोपाइटर याम अधिकारीले बताए । यता यस बर्ष अलैँची बिकास केन्द्र फिक्कले किसानको मागअनुसार बिरुवा दिन सक्ने संभावना कम रहेको छ । अलैँची बिकास केन्द्रमा दुइदेखी तीनलाखसम्म मात्रै बिरुवा रहेकोमा पाँचथरबाट दुई लाख बिरुवाको माग आइसकेको र बिरुवाको सिजन भरखरै मात्र शुरु भएको हुदा मागअनुसार बिरुवा दिन नसक्ने संभावना रहेको अलैँची बिकास केनद्र फिक्कलका प्रमुख पदम प्रसाद अधिकारीले बताए ।
अलैँचीमा रोग फेरि देखियो यसको बारेमा नेपालकै एकमात्र अलैची बिकास केन्द्रले के गदैर्
छ भन्ने जिज्ञासामा अहिले अलैची बिकास केन्द्र किसानहरुलाई अलँैची खेतीको तालिमको अतिरिक्त तरकारी खेती र फलफुलको खेतीको बारेमा लागेको र पुरानो बगानमा अलँैचीको खेती नगर्न किसानहरुलाई सल्लाह दिने प्रमुख अधिकारीले बताए ।
नेपालकै प्रमुख निर्यातजन्य अलैचीले किसानको आम्दामीमा प्रमुख हिस्सा लिएपनि सरकारी तवरले यसको खेती बिकासमा ध्यान नदिदा यसको ब्यावस्थापन , रोग र बजारीकरणको समस्या रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published.