माईपोखरीका आगलागी पीडितलाई सन्दकपुर समाज युकेद्धारा राहत वितरण

Special News Trending प्रमोसन बिजनेस


माइपोखरी: पर्यटकीय क्षेत्र माईपोखरी गेट अगाडीका आगलागी पीडिडतहरुलाई राहात रकम वितरण गरिएको छ । सन्दकपुर गाउँपालिका वडा नं १ माईपोखरी गेट अगाडी भएको आगलागीबाट पीडितलाई सन्दकपुर गाउँपालिका समाज बेलायतलेबाट प्राप्त रकम वितरण गरिएको हो ।
सन्दकपुर गाउँपालिका घर भई बेलायतमा बस्ने गोर्खाली शैनिक तथा अन्य ब्यक्तिबाट संकलन गरी पठाईएको ३ लाख २५ हजार ९ रुपैँया एक कार्यक्रमका बिच सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई र वडा नम्बर १ का अध्यक्ष नन्द कुमार राईको उपस्थितिमा वितरण गरिएको हो ।

सन्दकपुर गाउँपालिका समाज बेलायतका सल्लाहकार दल बहादुर गुरुङले संकलित राहत रकम वितरण गर्नु भएको थियो । आगलागी पीडित ४ घरका ७ परिवारलाई संकलित रकम दामासाहीले वितरण गरिएको गरेको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिनु भयो ।

लामो समय देखि बेलायती सेनामा कार्यरत किसोर मुखीयाले गाउँमा भएको आगलागीले आफुहरुलाई दुखी बनाएको बताउदै बिदेशमा राहत संकलन गरिएको बताउनु भयो । मुखीयाको पहलमा यस अघि पनि इलामका बिभिन्न बिपतदमा इलाम समाज युके मार्फत सहयोग गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published.