इलामको कोसेलीः चिया, सिलाम, अकबरे र छुर्पी

Special News Trending पर्यटन प्रदेश नं. १ बिजनेस

इलाम: इलाम जानु अर्थोडक्स चियाको चुस्की नलिनु । इलाम जानु अकबरे खुर्सानी नकिन्नु । इलाम जानु सिलामको अचार नखानु । इलाम जानु बम्बैसनको स्वाद नलिनु ।

यो त दुरुस्त त्यस्तै हो, बेइजिङ पुगेर बेइजिङ डग नखानु । थाइल्यान्ड पुगेर नाइटलाइफको मज्जा नलिनु । मसाई मारा पुगेर जंगल सफारी नगर्नु । पेरिस पुगेर इफेल टावर नचढ्नु ।

इलाम भन्नसाथ धेरैले सम्झन्छन्, थुम्का(थुम्कामा विच्छ्याइएको कलकलाउँदो चिया । नागबेली बाटो । लस्करै धुपी सल्लाका रुख । चिसो सिरेटो । क्षणमै ढाक्ने भूँइकुइरो । अर्थात कन्याम ।

कन्यामको लोभलाग्दो चिया बगानले नै त हो, आगन्तुकलाई लोभ्याउने । कन्यामको आकर्षणले तानिएर इलामको चिसो हावा खान पुग्ने आगन्तुक त्यहाँ पुगेपछि त्यसै र्फकदैनन् । र्फकदा उनीहरुको झोलाभरी अकबरे खुर्सानी, अर्थोडक्स चिया, सिलाम, बम्बैसन, ललिपप त हुन्छ नै । यति नबोके ‘इलामको चिनो’ के हुन्छ ?

अकबरेदेखि अर्थोडक्स चियासम्म

तपाईं इलाम पुग्नुभयो भने आफन्तले भन्नेछन्, ‘र्फकदा चिया लिएर आउनु है ।’

इलामको पर्याय हो चिया । इलामको प्रमुख नगदेबाली । इलामको सौन्दर्य । इलामको समृद्धि । इलामकै माटोमा उम्रिएर, इलामे हातले तयार गरेको चियाले कसको आँत भरिदैन ?

इलाम पुगेपछि चियाको चुस्की लिनु त छँदैछ । घर र्फकदा केही प्याकेट चिया पनि बोक्नैपर्छ । इलामको अच्छा कोसेली यो भन्दा अरु के हुनसक्छ ?

यद्यपी इलामको कोसेली यतिले मात्र पनि पुग्दैन । त्यससँगै यहाँको यस्ता रैथाने उत्पादनले तपाईंलाई लोभ्याउँछ, जसको पहिचान इलामकै माटोसँग जोडिएको छ । जस्तो कि, सिलाम । जस्तो कि, अकबरे खुर्सानी ।

तपाईं जब इलाम टेक्नुहुन्छ, बोत्तलभरी सजाइएको अकबरे खुर्सानी, डोरीमा टाँगिएको छुर्पी, सिलसिला मिलाएर राखिएको चिया, सिलामले हठात् तपाईंको ध्यान खिच्नेछ । यससँगै समावेश हुन्छ, ललिपप र बम्बईसन ।

झापाको सीमा पार गरेर इलाम प्रवेश गर्नसाथ अधिकांश पसलमा पाइन्छ ‘इलामको कोसेली’ । यहाँको अर्थ र पर्यटन बजारलाई एकमुष्ठ सम्बोधन गर्ने कुरा हो, इलामको कोसेली । इलाम पुगेर तपाईं जता(जता आँखा घुमाउनुहुन्छ, त्यही देख्नुहुनेछ अकबरे खुर्सानी, चिया, छुर्पी । अर्थात ‘इलामको कोसेली’

पाँच ‘अ’

‘इलामको कोसेली’ले रैथाने भूगोल, हावापानी, उत्पादन र पौरखलाई सम्बोधन गर्छ । इलाम कृषि उत्पादनको लागि कहलिएको छ । यहाँको माटोमा अकबरे खुर्सानी, अम्रिसो (कुचो०, अदुवा, आलुदेखि अर्किडसम्म फस्टाउँछ । इलामको कृषि उपजसँग ‘अ’ अक्षरको संयोग पनि गजबको छ । यहाँको रैथाने उत्पादनलाई चिनाउने नामको अघिल्लो अक्षर ‘अ’बाट सुरु हुन्छ । जस्तो, अर्थोडक्स चिया । अदुवा । अलैंची । अकबरे खुर्सानी ।

त्यसैले त भन्ने गरिन्छ, ‘इलाम पाँच ‘अ’को लागि प्रख्यात छ । पाँच ‘अ’मा अर्थोडक्स चिया, अलैंची, अदुवा, अम्रिसो (कुचो० र अकबरे खुर्सानी । यसमा अर्को ‘अ’ जोडिन्छ, ओलन । अर्थात दुध । इलाममा यस्ता गाउँ सायदै भेटिएला, जहाँ गाई पालन नगरिएको होस् । यस्तो घर नभेटिएला, जसले दुध व्यवसाय नगरेको होस् ।

दुध उत्पादनका लागि पनि अनुकुल माटो हो, इलाम । त्यही कारण त यहाँ दुधजन्य परिकार पनि अहिले निकै चल्तीमा छ, छुर्पी, चिज, बम्बईसन र ललिपप । दुध र चिनीको मिश्रणबाट बन्ने ललिपप र वम्बईसनले अहिले इलामको ‘घरेलु उद्योग’लाई उकासेको छ । गाउँ(गाउँमा ललिपप बनाइन्छ । बम्बइसन बनाइन्छ । यी दुबै मिठाई यहाँको रैथाने ब्रान्ड भएको छ ।

इलामे पौरख

इलामका यी कोसेलीले इलामवासीको पौरख पनि दर्शाउँछ । यी कोसेलीमा इलामेको माटो र हावा मात्र मिसिएको छैन, इलामेको जाँगर, पसिना, पौरख र उत्साह पनि मिसिएको छ ।

खेतीपाती, पशु व्यवसाय, घरेलु उद्यम आदिले इलामको ग्रामिण समाजलाई चलायमान बनाएको छ । पाखो बारीमा चिया, सीम एवं खोंचमा अलैंची, बारीमा अदुवा र आलु, कान्लामा अम्लिसो । घर(घरमा चिया उत्पादन गर्ने घरेलु कारखाना । ललिपप उद्योग । इलामको कृषि, घरेलु उद्योग, रैथाने उत्पादन र कोसेलीले इलामेलीको पौरख देखाउँछ ।

पखाई छैठौं ‘अ’ को

इलामलाई चिनाउने पाँच ‘अ’मा जोडिन्छ, अतिथि सत्कार । इलामको माटो कृषिको लागि उर्वर छ र यहाँको वातावरण पर्यटकका लागि ।

इलाम आर्थिक एवं सामाजिक रुपान्तरणमा पर्यटन नै बलियो टेको बन्न सक्छ । किनभने यहाँ अनगिन्ती स्थान छन्, जसले पर्यटकलाई लोभ्याउँछ । चाहे झुल्के घाम हेर्ने श्रीअन्तु होस् वा गर्मी छल्ने कन्याम । सन्तकपुर, माइपोखरी, गजुमुखी, पाथीभरा ९सानो०, छिन्टापु जस्ता स्थलले बाह्रैमास पर्यटकको स्वागत गर्छ । पर्यटन विकासकै लागि यहाँ होमस्टेहरु सञ्चालनमा छन् । चिया पर्यटनबाटै पनि इलामले आगन्तुक भित्र्याउन सक्छ । अर्थात पर्यटनको आधार बनाएर पनि इलामले छलाङ मार्न सक्छ । यसका लागि खाँचो छ, पर्यटनमैत्री इलामको ।अनलाईन खबरबाट साभार

Leave a Reply

Your email address will not be published.