चिया क्षेत्रका समस्या दिर्घकालिन रुपमा समाधान गर्न सरकारले पहल गर्छ : श्रम मन्त्री बिष्ट , सहमती पछि चिया मजदुर काममा फर्कदै

Special News Trending बिजनेस समाज

प्रेम अधिकारी ,फिक्कल:
चिया मजदुरले सरकारले निर्धारण गरे अनुसारको ज्याला पाउने भए पछि आन्दोलन छोडेर काममा फर्कीएका छन् । चिया उद्योगी, चिया मजदुर र सरकारी प्रतिनिधि बिच भएको लामो छलफल पछि चिया मजदुरलाई रोजगारदाता कम्पनीले सरकारले तोकेको ज्याला दिने सहमती पछि उनीहरु आन्दोलन छोड्दै काममा फर्कीएका हुन ।

२०७४ मा बनाईएको श्रम ऐन कार्यान्वयन गर्ने , सरकारले राजपत्रमा प्रकाशन गरे अनुसार बगानमा कार्यरत मजदुरले ३ सय ८५ रुपैयाँ र कारखानामा कार्यरत मजदुरले ४ सय २७ रुपैयाँ दैनिक ज्यालादारी पाउने, सामाजिक सुरक्षा योजना तत्काल लागु गर्ने सहमती पछि नेपाल चिया बिकास निगम अन्र्तगतका ७ हजार बढी मजदुर काममा फर्कीएका छन् । उनीहरुले २०७५ चैत्र १७ गते देखि आन्दोलन गर्दै आएका थिए ।

बिहिबार झापामा नेपाल चिया बिकास निगम अन्र्तगतका ७ वटा चिया बगान लिजमा लिने भारतीको त्रिर्वेणी संघाई ग्रुप, चिया मजदुरका प्रतिनिधि र सरकारका प्रतिनिधि बिच सरकारले तोकेको दैनिक ज्याला दिने सहमति भएको थियो । उक्त सहमती संगै श्रम तथा रोजगार मन्त्री गोर्कण बिष्ट आफै चिया बगानमा आएर चिया मजदुरका समस्या समाधान भएको जानकारी दिनु भएको हो ।

तोकेको ज्याला दिन्न भन्नै पाईन्नः मन्त्री बिष्ट


चिया मजदुरलाई सम्बोधन गर्दै मन्त्री बिष्टले संसदले पास गरी सकेको श्रम ऐन तत्काल सबै क्षेत्रमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । मन्त्री बिष्टले सामाजिक सुरक्षा ऐन लागु गर्दिन भन्नेलाई सरकारले कारवाही गर्ने बताउनु भयो । मन्त्री बिष्टले भन्नु भयो‘नेपाली चियाले राज्यकै ब्यापार घाटा कम गर्न सक्छ जसले गर्दा नेपाली चिया बिश्व बजारमा प्रर्वधन गर्न सरकार आफै लाग्छ । ’ मन्त्री बिष्ठले मजदुरका जायज माग र दैनिक ज्यालादारी दिने बिषयमा निजी तथा चिया बिकास निगम अन्र्तगतका कुनै पनि रोजगारदाता कम्पनी संग छलफल सम्म गर्न नसकिने बताउनु भयो । ‘श्रमीकले पाउने सेवा र श्रमीकको पसिना संग कुनै सम्झौता नै हुँदैन, मन्त्री बिष्टले थप्नु भयो ।’ मन्त्री बिष्टले इलामको चियाको बिकास र बजारीकरणका लागि सरकार नै लागि पर्ने बताउदै सानातीना समस्या आएमा सबै पक्ष बसेर समाधान गर्न आग्रह गर्नु भयो ।

चिया मजदुरमा खुसीयाली छायो

बिगत १ दशक देखिको माग पुरा भए पछि मजदुरले खुसीयाली मनाएका छन् । लामो समयको आन्दोलन पछि चिया मजदुरको मुहार हसिलो देखिन्थ्यो । मजदुर संगै चिया बिकास निगमको कन्याम चिया कारखानामा श्रम ताथ रोजगार मन्त्री गोर्कण बिष्ट पुग्दा मजदुरले स्वागत गरे ।

This image has an empty alt attribute; its file name is chiya-khusi.jpg

डेढ महिना सम्म चिया मजदुरको आन्दोलनको नेतृत्व गर्नु भएका मजदुर नेता बिष्णु भट्टराईले मन्त्रीलाई संम्बोध गर्न नसकी आशुका धारा बगाए । उनले भने ‘आन्दोलनको फलस्वरुप उपलब्धी भयो आज हाम्रो खुसीको दिन हो ।’ चिया मजदुर तथा श्रमीक नेता नर्वदा निरौलाले एक दशकको आफुहरुको माग पुरा भएको बताउनु भयो । उहाले चिया बगानमा अव कहिल्यै काम छोडेर आन्दोलन गर्नु नपरोस भन्दै सहमती कार्यान्वयन गर्न माग गर्नु भयो ।

बिकासका नाममा बिनास नगरौः संघाई

५० बर्षका लागि झापा र इलामका ७ वटा चिया बगान लिजमा लिएको भारतको त्रिर्वेणी संघाई ग्रुपका संचालक सुभाष संघाईले सरकारले चियामा दिने सुविधा आफुहरुलाई दिनु पर्ने माग गर्नु भयो । उहाले आफुले ७ वटा चिया बगान लिजमा लिदा उक्त बगानमा ५ लाख किलो ग्राम चिया उत्पादन हुँने गरेकोमा अहिले बढेर १६ लाख किलो ग्राम तयारी चिया उत्पादन भैरहेको जानकारी गराउनु भयो । संघाईले भन्नु भयो‘ पर्यटन र बिकासका नाममा स्थानीय सरकारले चिया बगान मास्ने काम गरीरहेको छ , यो क्रम तत्काल रोकीनु परयो, हामीले मात्र संरक्षण गरेर हुन्न सरकार पनि लाग्नु पर्छ ।’
प्रदेश सांषद धिरेन्द्र शर्मा रमणले चिया क्षेत्रका समस्या समाधान गर्न आफुहरुले प्रदेश सरकारमा कुरा उठाउने बताउनु भयो । प्रदेश सांषद तथा चिया क्षेत्रका जानकार काजीमान कागतेले चिया मजदुरका समस्यामा आफु बिगत देखि नै लड्दै आएकाले आगामी दिनमा पनि मजदुरका पक्षमा आजाव उठाई रहने बताउनु भयो ।
यस अघि नै इलामका नीजि चिया कारखानाले सरकारले श्रम ऐनमा तोकेको सेवा सुविधा श्रमीकलाई दिने घोषष गरेका थिए । संघाईको अटेरी पछि श्रम मन्त्री बिष्टले कारखाना चलाउन नसक्ने भए र सरकारले तोकोको ज्याला दिन नसक्ने भए तत्काल निवेदन दिन एक साता अघि चेतावनी दिनु भएको थियो ।

प्रदेश नम्बर एकको प्रमुख नगदेवाली रहेको चियाको पहिलो मुना पलाएसँगै चिया क्षेत्र समस्याग्रस्त बनेको थियो । बार्षिक साढे चार अर्ब रुपैयाँ नेपाल भित्र्याउने कृषि उद्योगमा पर्ने चिया क्षेत्र अस्तव्यत हुँदा देशकै अर्थतन्त्रमा ठुलो क्षति पुगेकोे थियो ।
बिक्रिम सम्बत १९२० मा इलामबाट रोपण शुरु भएको चिया अहिले देशका १४ जिल्लामा विस्तार भएको छ । सिटिसि, अर्थोडक्स, ग्रीन र स्पेसल गरि २ करोड १० लाख तयारी चिया उत्पादन गर्ने एक सय १३ वटा उद्योग नेपालमा संचालन छन् । इतिहास लामो भएपनि आफ्नै जातको चिया विकास नहुनु, अर्गानिक उत्पादन तथा प्रमाणिकरण, तेस्रो मुलुक निर्यात, मजदुर, टि टेस्टिङ्ग र चिया अध्ययन नहुँदा गुणस्तरीय चिया नबन्नु नेपाली चिया मुख्य समस्या हुन् । हरियो मुना, प्राविधिक,मलखाद, अर्गानीक प्रमाणिकरण,जस्ता १० बुंदामा केन्द्रिय तथ्याङ्क विभागले र ५२ बुंदामा श्रम मन्त्रालयले सचिव महेश दाहाल नेतृत्वको चिया क्षेत्र समस्या समाधान समितिले चिया प्रवद्र्धनका लागि सहयोग गर्न सरकारलाई सिफारिस गरको छ ।
१२ हजार ६७ हेक्टर क्षेत्रफलमा विस्तार भई १० करोड ८० हजार हरियो चिया पत्ति उत्पादन भएको पाइन्छ । जसमध्ये इलाममा ३ हजार ३ सय ९३ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको हो । विक्रिम संम्बत १९२० मा तत्कालिक प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाई गजरासिंह थापाले इलाममा चिया रोपेपछि अन्य जिल्लामा विस्तार भएको थियो । इलामका ९६ प्रतिशत किसानले आफ्नै बारी र ४ प्रतिशतले भाडामा जग्गा लिएर चिया खेती गरेका छन् २०५० देखि ६० बिचमा पूव नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुममा अधिक विस्तार भएको बाँकी ९ जिल्लामा त्यसपछि चिया खेती विस्तार भएको पाइन्छ ।

उद्योगी संग सूनपामा छलफल


सूर्योदय नगरपालिकाको आयोजनामा फिक्कलमा चिया उद्योगी किसान तथा जनप्रतिनिधि बिच छलफल भएको छ । सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री बिष्ट प्रदेश सांसद धिरेन्द्र शर्मा, राम राना , काजीमान कागाते श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दहाल त्रिर्वेणी संघाई ग्रुपका संचालक सुवाष साङघाई , सूर्र्योदय टि एसोसिएसनका अध्यक्ष पुनम वान्तवा लगायतको सहभागीता थियो । एसोसिएसनका सचिव गोपाल कटटेल साना कारखानाको तर्फबाट सोनाम लामा एसोसिएसनका अध्यक्ष बान्तवा लगायतले चियामा देखिएका समस्याहरुबारे मन्त्री बिष्टलाई जानकारी गराएका थिए । एसोसिएनले यस अघिनै पेस गरेको २५ बुद्धे माग सहितको ज्ञापन पत्र मन्त्री बिष्टलाई बुझाएको छ । उद्योगीहरुले आफुहरुको माग सरकारले सम्बोधन गर्नु पर्ने अन्यथा अहिलेको श्रम ऐन अनुसारको ज्याला दिन कठिन हुने बताएका छन । मन्त्री बिष्टले शुक्रबार नै इलाम बजारको चिया बगान र कारखानाको समेत भ्रमण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.