नवीकरण नगर्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

Mukya Samachar Special News Trending बिजनेस

प्रेम अधिकारी,पशुपतिनगर(इलाम)
सूर्योदय नगरपालिका वडा नम्बर ५ का लालवीर लाप्चाले यस बर्ष राज्यले दिईने सामाजिक सुरक्षा भत्ता पाउनु भएन । गत बर्ष भत्ता पाउनु भएका लालवीर यस पटक भत्ता नपाउदा खिन्न हुनुहुन्छ ।लालवीरलाई बल्ल थाहा भयो सामाजिक सुरक्षा भत्ता पाउन प्रत्येक बर्ष असार मसान्त सम्ममा वडा कार्यालयमा नाम दर्ता गराउनु पर्ने रहेछ । सूर्योदय नगरपालिका भित्रकै सबै भन्दा बढी लाप्चा समुदायको बसोबास वडा नम्बर ५ समालबुङमा छ । वडा कार्यालयको तथ्याङक अनुसार २९ घरपरिवारका ३ सय ४६ जना लाप्चा बसोबास गर्ने वडामा संख्यात्मक रुपमा सामाजिक सुरक्षा भत्ता लिन छुटाउने धेरै छन् । लोपउन्मुख लाप्चा जातीलाई राज्यले जान्मेर वडामा जन्म दर्ता गराए देखि मासिक दुई हजार रुपीयाँ भत्ता दिने गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन एक पटक सूचीकृत भएकाहरु पनि नविकरण नहुँदा छुटेको पाईएको छ । सामाजिक सुरक्षा भत्ता लिन छुट्नु भएका लालबीर लाप्चाले भन्नु भयो ‘एक पटक भत्ता पाए पछि केहि गर्नु पर्दैन भन्ने लागेको थियो, नविकरण गर्नु पर्ने रहेछ, यसपालि बेलैमा नविकरण गर्छु ।’
बार्षिक नविकरण गर्नु पर्ने भए पनि नविकरण गर्नु पर्छ भन्ने थाहा नहुँनु, भत्ता पाउन अनिवार्य बैङ्कमा खोलेको हुनु पर्ने भए पनि खाता नखोल्नु , इन्चाईएको ब्यक्तिले भत्ता निकाशा गर्न पाउने भए पनि इच्छाईएको ब्यक्ति साथमा नहुनु , नागरिक्ता नहुनु जस्ता कारणले सामाजिक सुरक्षा भत्ता लिनबाट छुटेको पाईन्छ । वडा नम्बर ५ कै रामलाल लाप्चा र शान्ता लाप्चाले अहिले सम्म सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । घुमन्ते जिवन बिताउने रामलाल र शान्ताले नागरिक्ता नबनाएका कारण भत्ता नपाएको वडाध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भयो । सूर्योदय नगरपालिका १२ का निमा छिरिङ लाप्चा, वडा नम्बर ४ का ओङ छिरिङ लाप्चा, ५ का मंगलसिं लाप्चा लगायतका परिवार भत्ता पाउन बाट छुटेका छन् ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले पटक पटक सूचाना गर्दा पनि लोपउन्मुख लाप्चा जाती नै सामाजिक सुरक्षा भत्ता पाउनबाट छुट्नु दुखद भएको बताउनु भयो । उहाले भन्नु भयो‘वडा कार्यालयको कमजोरी हो, आगामी बर्ष यस्तो हुन दिन्नौ ।’ यता लाप्चा उत्थान मञ्च इलामका अध्यक्ष तथा सूर्योदय नगरपालिकाका प्रवक्ता बीर बहादुर लप्चाले केहि झञ्झटीलो प्रक्रिया भएकाले गर्दा पनि सामाजिक सुरक्षा भत्ताा पाउनबाट छुटेको बताउनु भयो । अध्यक्ष लाप्चाका अनुसार बिदेश गएका र कामको सिलशिलामा अन्य ठाउँ गएकाहरु बढी छुटेका छन । ‘नाम दर्ता गर्दा इच्छाईएको ब्यक्ति भनेर एक जनाको नाम राखीन्छ , पछि त्यो ब्यक्ती नआई दिए पछि अरुले झिक्न नपाउदा छुटेको देखिन्छ, अध्यक्ष लाप्चाले भन्नु भयो ।’ पारिवारीक झैझगडाका कारण पनि कतिपय इच्छाईएका ब्यक्ती रकम झिक्न नआउने गरेका छन् ।
सूर्योदय नगरपालिकामा एक हजार ७ सय २९ जना लाप्चा जातीले भत्ता लिदै आएका छन् । जिल्लामै जम्मा तीन हजार ६५ को संख्यामा रहेका लाप्चा जाती माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा बसोबास गर्दै आएका छन् । गत आर्थिक बर्षबाट यस आर्थिक बर्षमा आउदा नवीकरण छुट भएका लोपोन्मुख लाभग्राहीहरुको मात्र संख्या एक सय १९ जना रहेको छ ।
गत आर्थिक बर्ष २०७४÷७५ को तुलनामा सूर्योदय नगरपालिकामा चालु आर्थिक बर्षमा लोपउन्मुख , बृद्धबृद्धा एकल महिला , विधवा अपाङगता भएका ब्यत्ती गरी तीन सय ५९ जना सामाजिक सुरक्षा भत्ता पाउनबाट छुटेका छन् । आर्थिक बर्ष २०७४÷७५ मा सूर्योदय नगरपालिकामा तीन चौमासिकमा १७ हजार एक सयले सामाजिक सुरक्षा भत्ता लगेकोमा पाँच हजार पाँच सय एक जना लोपउन्मुख जाती रहेका थिए । जसमा एक हजार सात सय ८४ जना लोपउन्मुख लाप्चा रहेका थिए ।
आर्थिक बर्ष २०७५÷७६ को पहिलो चौमासिकमा पाँच हजार छ सय पाँच जना लोपउन्मुख मध्ये एक हजार ७ सय २३ जना लोपउन्मुख लाप्चा जाती रहेका छन् । जसमा ४९ जनाले बैङ्क खाता नखोलेका कारण भत्ता पाएनन् । दोस्रो चौमासिकमा पाँच हजार छ सय ५१ लेपउन्मुख मध्ये एक हजार ७ सय २० जनाले भत्ता लगेका छन् ।जसमा ५६ जनाले बैङ्क खाता नखोलेको पाईएको छ । नगरपालिकाका कम्पयुटर शाखाका प्रकाश दुलालका अनुसार उक्त नगरपालिकामा आर्थिक बर्ष २०७४÷७५ मा ११ करोड ७९ लाख ७३ हजार दुई सय रुपियाँ डिपोजीट भएकोमा १० करोड ८८ लाख ८० हजार आठ सय रुपियाँ निकासा भएको थियो । आव २०७५÷७६ को पहिलो चौमासिकमा ३ करोड ९३ लाख ५८ हजार चार सय बैङ्क खातामा डिपोजीट भएकोमा तीन करोड ७६ लाख ६७ हजार दुई सय रुपियाँ निकासा भएको छ । जसमा लोपउन्मुखका लागि एक करोड ४० लाख १२ हजार जम्मा भएकोमा एक करोड तीन लाख २२ हजार मात्र निकासा भएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.