कला र पौरख बेच्दै रोङका युवा

Hot News Special News Trending कला संस्कृति बिजनेस


फिक्कल
रोङ ४ पहरी गाउँका खड्ग बारुङ राईले आफनो युवा अवस्था बिदेशमै बित्योे । राईलाई घर फिर्दा गाउँमै कुनै आयमुलक काम गरिएला भन्ने लागेकै थिएन् । केहि दिनमै बिदेशीने खड्गको सोच अहिले परिवर्तन भएर गाउँमै ब्यवसायीक बन्नु भएको छ । सामान्य काठको काम गर्ने राईले रोङ गाउँपालिका र घरेलु बिकास समितिले संचालन गरेको बाँसका सजावट सामग्री बनाउने तालिम लिने अवसर पाउनु भयो । उक्त तालिमले नै राईको जिवन फेरिएको छ । बाँसका सजावटका सामग्री बनाउन थालेपछि अहिले राईको घर बसीबसी कमाई हुन्छ । ‘बनाउन त थालियो बिक्दैनकी भन्ने डर थियो, अहिले त अडर धान्नै गारो छ, राईले भन्नु भयो।’
बाँसका बिभिन्न सजावटका सामग्री निर्माण गर्न थालेपछि रोङकै बीरबहादुर राई पनि अहिले गाउँमै ब्यवसायिक बन्नु भएको छ । राई भन्नु हुन्छ‘घर परिवार पाल्नका लागि अरु केहि सोचीरहनु पर्दैन, यसमै मेहनत गर्दा पुग्छ ।’ बाँसका सामग्री निर्माण गर्ने उहाहरुको कमाई अहिले बिदेशको भन्दा राम्रो छ । मासिक ४०÷५० हजार रुपियाँ कमाउन कतै जानु नपर्ने खड्ग र बीरबहादुरको भनाई छ । गाउँपालिले पहरी गाउँका १४ जना युवाहरुलाई बाँसको हस्तकला बनाउने तालिम दिएको थियो । तालिम पछि युवाहरुले बाँसका आर्कषक टेवल, कुर्सी आल्ना, सोफासेट,बिभिन्न चराका आकृती जस्ता सामानहरु बनाउन सफल भएको गाउँपालिका अध्यक्ष शमसेर राईले एबीसी नेपाली डटकमलाई बताउनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘युवाहरुको कला देखेर दंग छु, गाउँ घरमा खेर गैरहेको बाँस बिदेश सम्म कोसेली बनेर पुग्न थालेको छ, यवा पनि रोजगार भएका छन् ।’सिप सिकेका युवाहरुले बाँसको जरालाई कुदेर आर्कषक हस्तकलाका सामाग्री बनाउन थालेका छन् । बिभिन्न प्रजातीका चराका आकृति , र रुखका आकृति बाँस र बाँसका जराबाट बनाउने गरिएको छ । सलक्क परेको बाँसबाट कुसी , टेवल जस्ता फर्निचरका सामान बनाउने गरिएको छ ।कला बेचेर गाउँमै भविश्य खोज्न थालेका युवाहरु अहिले गाउँपालिकाकै सहयोगमा लघु उद्यम दर्ता गर्न थालेका छन् । घरेलु तथा साना उद्योग बिकास समितिमा लघु उद्यम दर्ता गरेर बाँसका सामग्री निर्माण गर्नेलाई गाउँपालिकाले अनुदान दिने र बजारीकरणमा सहयोग गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनु भयो ।
स्थानीयले उत्पादन गरेका बाँसका फर्निचर र सजावटका सामग्री इलाम घुम्न आउने पर्यटकले लैजाने गरेका छन् । सात सय रुपियाँ देखि ३० हजार रुपियाँ सम्ममा सामान अनुसार बिक्री हुने गरेका छन् । गाउँपालिकाले बजारीकरणको समस्या समाधानका लागि इलामको प्रवेशद्धार जोरकलशमा बाँसका सामानको स्टल राख्ने तयारी थालेको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । उहाले भन्नु भयो‘इलाम घुम्न आएका पर्यटकले चिनो लिएर जान्छन , साथीहरुको ब्यवसाय पनि फस्टाउछ । ’ गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.