इलामेलीको मेहनत: करेसाबारीमै आम्दानी

इलामेलीको मेहनत: करेसाबारीमै आम्दानी

इलामः इलामका किसानका लागि स्कुस भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । बजारमा तरकारीको अभाव भैरहेको बेला जिल्लाका किसान आफुले रोपेको स्कुसको मुन्टा बेचेर राम्रै आम्दामी गरिरहेका हुन । हप्तामा टिप्न मिल्ने स्कुसको मुन्टा एक सय पचास मुठासम्म टिप्ने गरेको रोङ ६ का किसान जीवन राइले बताउनु भयो । राईले भन्नु भयो ‘ बजारका लागि टाढा धाउनु पर्दैन, बाटा सम्म निकाल्दा बिक्री भैहाल्छ ।’
इलामको सबै भागमा हुने स्कुस रोङ गाउँपालिका , सूर्योदय नगरपालिका , इलाम नगरपालिका , सन्दकपुर गाउपालिका , माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाका बिभिन्न क्षेत्रमा ब्यवसायीक रुपमा खेती गरिन्छ । इलामको फिक्कल , कन्याम , कोल्बुग, माघे, जिर्मले , गोदक लगायतका गाँउमा उक्त खेती ब्यवसायिक रुपमै हँुदै आएको छ । राजमार्ग आसपासका क्षेत्र र पर्यटकीय क्षेत्र भएकाले उक्त ठाउँमा उत्पादन भएको स्कुसको मुन्टा बेच्न टाढा लैजानु पर्दैन । गाउँघरबाटै बिक्री हुन्छ । गाउँघरमै आउने ब्यापारीले राम्रो मुल्य हालेर लाने गरेका छन् । किसानले घु¥यानमा तरकारीको लागी रोपेको स्कुस कुनै स्थानमा फल,कुनै स्थानमा तरुल र कुनै स्थानमा मुन्टा उत्पादन गर्नका लागी रोपेको पाइन्छ । स्थानीय बजारमा मुन्टा , दाना र जरा (तरुल) बेच्नका लागि खेती गरिदै आएको छ । एउटै खेतीबाट तीन फसल आम्दानी दिने भएपछि अन्य खेती भन्दा धेरै आम्दानी दिने भएकाले स्कुस खेतीमा किसानको आर्कषण बढेको सूर्योदय नगरपालिकाका खोम घिमिरेले बताउनु भयो ।

रोङ गाँउपालिका शहरमान राइले स्कुसका मुन्टा बेचेर मनग्ये आम्दानी गरिरहेको बताउनु भयो । राईले राम्रो मुल्यको खोजीमा आफुले उत्पादन गरेको मुन्टा मेची राजमार्गका पसल ,झापाको चारआली, बाहुण्डागी, काकडभिट्टा र भारतको नक्साल, बागडुग्रा सम्म पुर्याउने गर्नु भएको छ । मुन्टा ,फल र जरा समेत बिक्ने भएपछि ब्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढेको हो । बहु बर्षे बालीमा पर्ने स्कुस चैत्रबाट मुन्टा टिपेर भदौसम्म बिक्री गरेर असोज, कार्तिक, मंसिरमा दाना र माघ फागुन तरुल निकालेर बिक्री गरेकाले बहुउपयोगी खेती रहेको किसानहरु बताउछन ।
स्याहार शुसार पुरयाउन सके जति टिप्यो उतीनै फस्टाएर आउने मुन्टा हप्तामा दुई पटक टिपाई हुने गरेको छ । अहिले घरमै प्रति मुठा २० देखी ३५ रुपियाँ सम्ममा बिक्रि हुने गरेकोे छ । गाउँघरबाटै बिक्री हुने भए पनि किसाले बिक्दैन की भन्ने डर र बढी मुल्यको खोजीमा बजार धाउने गरेका छन् । उक्त खेती बिस्तार हुँदै जादा साबिक जिर्मले ४ का किसानहरुले सहकारीको माध्यामबाट बजार पुरयाउन थालेपछि स्कुस बेचरे आर्थिक आयआर्जन संगै बचत पनि गर्न थालेका छन् । रोङ वडा नं ६ ले साना किसान सहकारी सस्था भित्राएर किसानहरुमा जागरण गराउन प्रयत्नशिल रहेको वडाध्यक्ष सुवास तामाङ्गको भनाइ रहेको छ ।
किसानले उत्पादन गरेको मुन्टा मेची राजमार्गको सडक पेटीमा खोलीएका साना शब्जी पसलले खरीद गरेर त्यहिबाट बिक्री गर्ने गरेका छन । पर्यटकको भिड लाग्ने कन्याम हर्कटे , कोल्बुङ लगायतका स्थानमा अहिले सडकको शब्जी ब्यापार समेत फस्टाएको छ ।