देउमाई नगरपालिकाको बजेट ५७ करोड ४९ लाख , मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक पाँच हजार निर्वाह भत्ता

Breaking News Mukya Samachar Special News Trending बिजनेस

फिक्कल: इलामको देउमाई नगरपालिकाको पाँचौ नगर सभाले ५७ करोड ४९ लाख ७० हजार रुपियाँको बजेट आर्थिक बर्ष २०७६र७७ का लागि पारित गरेको छ । नगर सभाले बजेट , नीति तथा कार्यक्रम पारित गर्दै गत बर्षका अधिकांश कार्यक्रमलाई निरन्तर्ता दिदै केहि नयाँ कार्यक्रम ल्याएको हो । नगर सभाले मृगौला प्रत्यारोपण गरेका बिरामीलाई प्रति ब्यक्ति मासिक पाँच हजार रुपियाँ निर्वाह भत्ता दिने , नगरकै लगानीमा नौ वटै वडाबाट बर्षेनी एक जनाका दरले नौ जनालाई इन्जिनियरिङ पढाउने ब्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिनु भयो । नगर प्रमुख सूर्य पोखरेलले नगर क्षेत्रमा शुरु भएका भौतीक पूर्वाधारका कामलाई निरन्तर्ता दिएको जानकारी दिनु भयो । देउमाई नगरले गत बर्ष देखि एकल पुरुषलाई भत्ता, जन्मदा र मृत्यु संस्कारमा आर्थिक सहयोग, बसाँई सरी नगर आउनेलाई जस्ता र घर निर्माणमा सहयोग जस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.