सूर्योदय नगरपालिकाको बजेट ९६ करोड ५७ लाख , पर्यटन कृषि र शिक्षामा बजेट केन्द्रित

Breaking News Mukya Samachar Special News Trending बिजनेस


फिक्कल : प्रदेश एक कै पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पाँचौ नगर सभाले नगरको पर्यटन, शिक्षा र कृषिमा जोड दिएको छ । आर्थिक बर्ष २०७६र७७ का लागि बजेट ९६ करोड ५७ लाख ११ हजार छ सय रुपियँको बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा पेश गर्दै पर्यटन , शिक्षा र कृषिमा जोड दिएको हो । मंगलबार नगर सभामा पेश भएको उक्त बजे बुधबारको नगर सभाले पारित गर्ने छ । प्रदेश एक सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयले कन्याम फिक्कल , श्रीअन्तु सर्किटलाई नमुना पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने , बिषादी मुक्त नगर निमार्ण गर्ने, कृषि पाठशाला सञ्चालन गर्ने , चिया खेतीमा मुल्य शृङखलामा आधारीत प्रर्वद्धन निति अवलम्बन गर्ने , नगर भित्र निर्धारण गरीएको चियाको गुणष्तर उत्पादन मापदण्ड कार्यबिधि २०७५ लाई पुर्ण रुपले कार्यन्वयन गर्ने ,कृषकलाई उद्यमी र कृषिलाई उद्योगको रुपमा विकास गर्ने , अन्तराष्ट्रिय बजारीकरणको लागि बिषादी रहति चिया उत्पादन गर्ने नीति सार्वजनिक गरिएको छ । नगर सभाले ‘सूर्योदय नगरपालिकाको इच्छा छोरी बुहारीलाई शिक्षा’ निति कार्यान्यन गर्ने भएको छ । नगर प्रमुख रणबहादुर राईले शिक्षा र पर्यटनको बिकासले नगर सक्षम बन्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.