बन्द रहेका सूर्योदयका सबै चिया उद्योग संचालन गर्ने सहमती

Special News Trending बिजनेस

फिक्कल: चिया उद्योगीले उद्योग बन्द गरेपछि सूर्योदयन गरपालिकामा लगातार भएको छलफल पछि सबै उद्योग संचालन गर्ने सहमती भएको छ । नगरपालिकाको पहलमा सूर्योदय टी एसोसीएसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधि बिच आईतबारबाट उद्योग संचालन गर्ने सहमती भएको हो ।
सबै पक्ष वीच भएको सहमतीमा दुई पात एक सुईरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मुल्यमा खरिद गर्ने सहमती भएको छ । नगरले तोकेको प्रति किलो ४० रुपिैया दुईपात एक सुईरो मुना पत्तीलाई मात्र दिने सहमती भए संगै उद्योग संचालनको वातावरण बनेको छ ।
दुई पात एक सुईरो नभएको चिया खरिद गर्न उद्योगी बाध्य नहुने, चियाको दिर्घकालीन समस्या समाधानका लागि एक समिति बनाउने लगायतका बिषयमा लिखित सहमती भएको छ सहमती पछि बन्द रहेका सूर्योदयन गरपालिकाका ५२ वटै चिया उद्योग आईतबारबाट संचालन गर्ने सूर्योदय टी एसोसीएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनु भयो ।

सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराईले नगरले कार्यबिधिमै तोकेका सबै कुरा परिवर्तन नहुने भए पनि छलफल गरेर कतिपय बिषयमा दिर्घकालीन समाधान खोज्न सहमती गरिएको एबीसी नेपालीलाई बताउनु भयो । नगरपालिकाले गत बर्ष नै चियाको मूल्य निर्धारण सम्वन्धी कार्यविधी २०७५ बनाएर हरियोपत्तीको न्यूनतम मूल्य ४० रुपियाँ कायम गरेको थियो । नगरपालिकाले तोके बमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दैै सूर्योदय टि एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना तीन देखि बन्द रहेका थिए । चिया उद्योगीहरुले उद्योग बन्द गरेपछि त्यसको मार किसानलाई परेको थियो । सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती हुँदा बार्षिक दुई लाख किलोग्राम तयारी चिया भारत लगायतका देशमा निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.