कारखानाले चिया फिर्ता गरेपछि सूर्योदयका किसानले सडकमै पोखे हरियो पत्ती

Special News Trending बिजनेस

गोपाल गिरी ,फिक्कल:
उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन । किसान – ले इलाम टि प्रोड्युर्स प्रा.लि. पञ्चकन्यामा विक्री गर्न लगेको करिव ५ सय किलो ग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोध स्वरुप सूर्योदयन गरपालिकाको गेटमै किसानले चिया पोखेका छन । किसानले आईतबार साझ नगरपालिका अगाडी, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर बिरोध जनाएका छन् । यसअघि किसान र उद्योगीले सहमतीमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मुल्य निर्धारण सम्वन्धी कार्यविधी २०७५ लागु गरेर हरियोपत्तीको न्यूनतम मुल्य प्रति किलो ग्राम ४० रुपैया कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गते देखि उद्योग बन्द गरेका थिए ।
उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिवार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधीहरु बिच उद्योग संचालन गर्ने सहमती भएको थियो ।

समस्या समाधानका लागी तत्काल गुण स्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दिर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमती भएको थियो । उद्योग संचालनमा आएको १२ घण्टा नवित्दै किसानको चियाकोगुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानहरुले अर्को आन्दोलन थालेका हुँन ।

Leave a Reply

Your email address will not be published.