सूर्योदय नगरपालिकामा चिया किसानको चित्कार, उद्योगी र किसान दुवैमा समस्यै समस्या

Special News Trending बिजनेस समाज

प्रेम अधिकारी , फिक्कल :

आईतबार अवेर सम्म हाम्रो अनलाईन टिम काम गरिरहेको थियो । सधै चाडै बन्द हुँने फिक्कल बजार आसपासमा होहल्ला सुनियो । कतै केहि पो भयो की भनेर बाहिर निस्कदा किसान धमाधम सूर्योदय नगरपालिकाको गेटमा चियाको हरियो मुना नगरपालिकाको गेटमा बिच्छयाई रहेका थिए । किसानले चिया पोखे प्रहरीले चिया उठाए । एक छिन वातावरण शान्त भयो , फेरी किसानले गाडीका गाडी चिया ल्याए र नगरपालिकाको अगाडी बिच्छयाए । कति पय किसानले प्रहरी र जनप्रतिनिधि बिरुद्ध बोल्नै नमिल्ने शब्द्ध पनि बोले । केहि संचार माध्यमले किसानका कुरा लाईभ पनि गरे । किसान मध्ये राती सम्म नगरपालिकाको अगाडी पोखेको चिया रुघेर बसीरहेकै थिए ।
एक दिन अघि शनिबार नगरपालिकाकै पहलमा चिया उद्योगी , किसान , बाणिज्य संघका प्रतिनिधि र नगरपालिकाका प्रतिनिधि बिच छलफल भएर सहमती पछि उद्योग संचालन गरिएको थियो । तर २४ घण्टा नबित्दै किसानले आन्दोलन थाल्नु र चिया पोख्नु अवश्य राम्रो होईन । न त चिया पोखेर किसानलाई फाईदा छ न उद्योगीलाई ?

सहमती किन गरियो ?


एक दिन अघि शनिवार उद्योगीले कारखाना बन्द गरेको ३ दिन पछि नगरले गराएको छलफलमा उद्योगी र किसान नै सहभागी थिए । नगरले किसानलाई मार पर्ने गरी कुनै सहमती नगर्ने पटक पटक दोहोरर्यायो । यद्यपी किसानका समस्या थिए भने उक्त छलफलमै बिषय उठान गरी अडान छोड्नै हुने थिएन । नगरले कार्यविधि बनाएर न्यूनतम ४० रुपैया प्रति केजी चियाको मुल्य तोक्नु किसानकै हितमा देखिन्छ । तर , यति हुँदा उद्योगीले उद्योग नै बन्द गर्ने वातावरण किन बन्यो ? नगरले कार्यविधि बनाउनु अघि उद्योगीले रामो चियाको मुना ४० रुपैया बढी खरिद गरेको पाईन्छ । शनिबार भएको छलफल पछि गुणस्तरको चिया उक्त मुल्यमा लिने र गुणस्तर हिन चिया लिन बाध्य नहुनेत सहमती नै भएको छ । यसरी हेर्दा उपयुक्त नलागेको चिया खरिद नगर्नुमा उद्योगीको कुनै दोस छैन ।

किन फिर्ता भयो चिया ?


नगर संगको सहमती भन्दा फरक चिया आए पछि उद्योगीले चिया फिर्ता गरेको बताएका छन । दुई पात एक सुईरो भएको मुना चिया लिने सहमती भए पनि उक्त चिया नआए पछि फिर्ता गरेको उद्योगीले बताएका छन ।
नियत नै छ की ?
चियाको समस्या गर्न छलफल भैरहदा केहि उद्योगीले सहमतीकै बिरोध गरेको सुनिन्थ्यो । सहमती नमान्ने भनि रहेका उद्योगीले किसानको रामै चिया फिर्ता गरेका हुँन की मापन कसरी गर्ने , अनुगमन कस्ले कसरी गर्ने ? समस्या यहि छ चियाको मापदण्ड कसरी छुट्याउने ? सबै प्रष्ट हुन जरुरी छ । यहा संका गर्ने बिषय के छ भने उद्योगीले सम्झौता भाड्न नियतबस चिया फिर्ता गरेको हो की ? यद्यपी यस्तो हो भने किसान मारा काम गर्ने अधिकार कसैलाई छैन ।

उद्योगी भन्छन घाँस किनेर उद्योग चल्दैन


चिया उद्योगाीले अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने गरिको चिया उत्पादन र बिक्री वितरण गर्न जस्तो पायो त्यस्तै चिया खरिद गरेर नहुँने बताउछन । मुल्य पाईन्छ भन्दैमा दुई पात एक सुईरो होईन , सबै झिक्रा बेच्न ल्याउने गरेको उनीहरुको आरोप छ । यद्यपी त्यस्तै हो भने किसानले सच्चिन जरुरी छ । चियाको बजार राम्रो बनाउन तलै देखि सुधार गर्नै पर्छ ।

किसान भन्छन हाम्रो मेहनतमा हालीमुहाली ?


चिया पोख्न आएका किसान राती अवेर सम्म नगरपालिका अगाडी थिए । अत्यान्तै आधक्रोसीत किसानले २० रुपैया केजी चिया नदिने बोरु फाडेर फयाक्ने बताए । उनीहरुले भने मेहनत सम्म आउदैन भने किन चिया बेच्नु । हातमा कलिलो पत्ती बोकेका किसान भन्दै थिए यस्तो चियामा कस्तो मापदण्ड पुगेन ? कस्तो चिया चाहिएको हो ? उनीहरुको एउटै आवाज थियो हाम्रो मेहनतमा दलालीहरु क्हिले सम्म रजाई गर्छन । चिया किसान सुन्दर नेपालले अव मरे पनि नियाय नपाए सम्म आन्दोलन नरोक्ने बताउनु भयो । चिया किसान डम्बर प्रधानले चिया मजदुर मारेर उद्योगी नरहने बताउनु भयो ।


गल्ती गर्नेलाई कारवाही :उपमेयर भट्टराई


सूर्योदयन गरपालिकाकी उप मेयर दुर्गादेवि भट्टराईले चिया क्षेत्रका समस्या समाधानमा नगरपालिका लागि परेको बताउनु भयो । उहाले एक दिन अघि गरेको सहमती किन तोडीयो बुझेर कारवाही गर्ने बताउनु भयो । उहाले किसानले राम्रो चिया ल्याउदा ल्याउदै उद्योगीले चिया फिर्ता गरेको भए उद्योगीलाई र किसानले मापदण्ड बिपरितको चिया ल्याएको भए किसानलाई नछोडीने बताउनु भयो । उहाले सोमबार बिहानै देखि समस्या समाधानमा लागने बताउनु भयो । उपमेयर भट्टराईले आफुहरु किसानकै पक्षमा रहेको बताउनु भयो । यता सूर्योदयन गरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले समेत चिया किसानको पक्षमै नगरपालिका रहेको तर , नगरको मापडण्डको चिया किसानले पनि उत्पादन गर्नु पर्ने बताउनु भयो ।

यस अघि


यसअघि किसान र उद्योगीले सहमतीमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मुल्य निर्धारण सम्वन्धी कार्यविधी २०७५ लागु गरेर हरियोपत्तीको न्यूनतम मुल्य प्रति किलो ग्राम ४० रुपैया
कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गते देखि उद्योग बन्द गरेका थिए ।
उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिवार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधीहरु बिच उद्योग संचालन गर्ने सहमती भएको थियो । समस्या समाधानका लागी तत्काल गुण स्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दिर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमती भएको थियो ।

खोजौ समाधानको बाटो !


रातदिन हुने चियाको बिषयले अव त चियाको स्वाद नै बिग्रेझै लाग्न थालेको छ । चिया पीउन जति स्वादिलो छ यहाका समस्या त्यसको कयौ गुना बढी छन् । भन्नलाई चियाको राजधानी भन्ने अनि रातोदिन चियाका समस्या आई रहदा यो चियाको राजधानी भन्नुको मज्जा नहोला ? समाधान खोज्ने जिम्मा नजिकको सरकार सूर्योदयन गरपालिकाकै हो । यहा किसान मासेर उद्योग चल्दैन । उद्योगी सकेर चिया बिक्दैन । दुवैतर्फको वरावर जित हुने गरी दिर्घकालीन समस्या खोजीयोस ।

Leave a Reply

Your email address will not be published.