चियाको दिगो बिकासमा सूर्योदय नगरपालिका प्रतिबद्ध छ : नगर प्रमुख रण बहादुर राई

चियाको दिगो बिकासमा  सूर्योदय नगरपालिका प्रतिबद्ध छ : नगर प्रमुख रण बहादुर राई

नगरपालिका, चिया तथा कफी विकास वोर्ड , चिया किसानको अगुवा प्रतिनिधि , उधोगहरूको प्रतिनिधि र विज्ञहरूको लामो छलफलपछि “ गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ “ तयार भयो। जस्लाई नगरपालिका कार्यपालिकाले पारित पनि गर्यो।

कसरी तयार भयो त कार्यविधि?


एक हजार फारम किसानहरूको निम्ति पठाईयो। त्यस फारममा विशेष गरी प्रतिरोपनी चिया उत्पादनदेखि मलजल, श्रम, यातायातको बारेमा सरल प्रश्नहरू राखिएको थियो। एक हजार फारम तयार गरी सवै ठाउँमा वितरण गरियो र सात सयभन्दा बडी फारम प्राप्त पनि भयो। 

किन आवश्यक रह्यो त कार्यविधि?


सूर्योदय नगरपालिकामा उत्पादित चियालाई अन्तराष्ट्रीय स्तरको चिया बनाउन र चिया किसानलाई उपयुक्त मूल्य दिलाई दिगो चिगा पेशामा आवद्द गराउन।


किन चाहियो ग्रेड विधि ?


जहाँ जहाँ चिया उत्पादन हुन्छ त्यस ठाउँहरूमा ग्रेड विधि अपनाईन्छ। विशेष दुई प्रकारको ग्रेडिंग विधि ( TRA Tocklai Research Association र Below Counting ) मध्ये TRA बैज्ञानिक विधि मानी नगरपालिकाले यस्लाई अघाडि सार्यो।यस विधि अनुसार बनाएको चिया अन्तराष्ट्रीय बजारमा जान सक्छ।


किन बिग्रीयो चिया टिपाई?


नगरपालिकाभित्र साठ्ठी भन्दा बड़ी चिया उधोगहरू स्थापना भयो। तर चिया रोपन विस्तार हुन सकेन। उधोगहरूवीच अस्वस्थ प्रतिस्पर्धा भयो।संकलन केन्द्रीहरू खोलिन थाले। किसानहरूलाई चिया हैन चियाको डाँठ पनि बिक्री हुन्छ भनी भ्रमित गर्दै लगे। किसानहरूसित चिया खेती धेरै भएको कारणले गर्दा कामदार अभावले टिपाई समयमा नहुनु र मेसिनको प्रयोगले गर्दा चियाको गुणस्तर खस्किन्दै गयो।


उधोगीले कसरी चिया संकलन गरे र कस्तो अनुदान प्राप्त भयों?


केहि अधोगिहरू साच्चै चियालाई दियो व्यवसायिकको रूपमा ग्रहण गरी आएका छन् भने केहि उधेगीहरू अनुदान प्राप्त गरी सहायक पेशाको रूपमा लिई आएका छन्।उन्नति परियोजना डेनमार्क मार्फत किसान र वजारीकरणको नाममा सवैजसो उधोगीहरूले अनुदान लिएपनि किसानलाई कहाँ फाइदा भयों भन्ने कुरामा अध्ययन अनुस्धान जरूरी छ। प्रायश: उधोगीहरूले कलेक्टरबाट चिया लिन्छन् । यो प्रक्रिया बढाबढ विधिबाट हुन्छ। कुनै कुनै कलेक्टरले दिनमा दशौं हजार केजी हरियों चिया संकलन गर्छन् र बेलुकी सवै उधोगीहरूलाई फोन गरी बार्गेनिड शुरू गर्छन्। चियाको गुणस्तरको बारेमा बेखबर हुन्छन्। 
उत्पादित चिया चिया हैन भुस बन्छन्। बजारमा भूस बिक्री हुदैन । अनि भन्छन् यस बर्ष चिया बिक्री भएन हामी चिया किन्न सक्दैनौ। मारमा पर्छन् चिया किसान।


कति ग्रेड चाहिन्छ र कसरी नापिन्छ ग्रेड?


संसारभरी नै भनिन्छ दुई पात एक सूइरोको चिया। तर टिपिन्छ चिया सात पातसम्म त्यो पनि कुनै कुनैमा त सूईरो पनि हुदैन। यदि कुनै किसानले दुई पात एक सूईरो मात्रै टिप्छ भने त्यो हो १०० प्रतिशत गुणस्तरको चिया। त्यसको मूल्य बजारमा ९० भन्दा बढ़ि नै हुन्छ।
हाम्रो कार्यविधिमा कम्तीमा ४० प्रतिशत गुणस्तरको चिया हुनुपर्छ भनिएको छ। यदि ४० प्रतिशत पनि गुणस्तर चिया पुर्याउन सकिन्दैन भने हामीले कसैलाई धोका दिईरहेका छौ भन्ने बुझ्न जरूरी छ। र कसैले यो काम गराउन चिया किसानहरूलाई उत्प्रेरक गराई निजी स्वार्थ प्राप्त गरिरहेको छ। यस्ले अन्ततोगत्वा चिया किसानहरूको निम्ति घातक हुन्छ। ग्रेड नाप्ने तरीकाको विधि: कुनै एक डोको चिया संकलन केन्द्र या फ्राक्ट्रीमा आएपछि रेनडमली एक सय ग्राम चिया निकाली जोखिन्छ। एक सय ग्राम जोखिसकेपछि त्यसबाट चिया छुट्टाइन्छ। यति चिया पाँच पत्ताभन्दा माथि छ भने यसलाई मान्यता दिईन्दैन। दुई पात एक सूईरो वा सो भन्दा कम पात भएको चिया र चार पातसम्म भएको चियालाई दुई पात एक सूईरो राखी बाकीलाई मान्यता दिइन्दैन। अन्तमा जोखिन्छ ।यसलाई हेर्न र जाचँ गर्ने तरीका नगरपालिकाको apps मा दुई दिन भित्रै राखिने छ।
बाझीको हकमा ४० प्रतिशत नरमपत्ता ( Fineness) लाई रू ४० कायम गरिएको छ।

किन न्यूनतम मूल्य निर्धारण गरियो?


किसानले उत्पादन गरेको चियाको मुल्य बर्षा याममा रू १५ सम्म हुने तर किसानको लागत भने न्यूनतम रु ३७ पर्ने भएको हुनाले नगरपालिकाले किसानको न्यूनतम मुल्य रू ४० कायम गरी कार्यविधि कार्यान्वयन गर्न आवश्यक ठानी कार्यन्वयनमा ल्याएको हो।
कहाँ चुके चिया किसान?
घेरै चिया किसानहरूले बुझिसकेका छन् नगरपालिकाले किसानको हितमा ल्याएको कार्यविधि।यसप्रति चिया किसानहरू खुशी पनि छन्।तर केहि सीमित व्यक्तिहरूलाई यो कार्यविधि टाउटो दुखाई भएको छ।हिज जसरी जस्तो पायो उस्तै चिया संकलन गरी अवैध व्यापार गरी रातोंरात किसानको पसीनामा लाखों कमाए उनीहरूको निम्ति बाँटो बन्द भएको छ। त्यसैले केहि व्यक्तिहरू केहि गर्न सकिन्छ कि भनि केहि सिधासोझा किसानहरूलाई भ्रमात्मक समाचार प्रचार गरी भ्रम फिजाउने काम पनि गरिरहेका छन्।तर सम्भव छैन।

किन फालियो चिया नगरपालिकामा?


सिधासोझा किसानले फालेको हैन नगरपालिकामा चिया। CCTV मा पटक पटक रेकड हेर्दा र विशेष व्यक्तिहरूको जानकारी प्राप्त गर्दा केहि सीमित व्यक्ति र उही गाड़ी पटक पटक आई चिया फालिएको देखिन्छ। नगरपालिकाको कुनै अधिकारी र जनप्रतिनिधिलाई फोनसम्म नगरी यस्तो कार्य गर्दा उक्त व्यक्तिहरूको नियत के हो भन्ने कुरा सबैले जान्न जरूरी छ।

कस्ता समाचार सम्प्रेषित भए त?


निकै मार्मिक, जनप्रिय ,केहि लजास्पद , भ्रामिक र क्षणिक समाचारले पनि चिया किसानहरूमा एकप्रकारको अन्योल पैदा गर्यो।


के गर्छ नगरपालिका?


किसानको हकहित , चियाको दिगो विकास , चियालाई दिगो व्यवसायिकको रूपमा स्थापित गरी नगरवासीको जीवनस्तर उकास्न नगरपालिकाले कुनै पनि कुरामा सम्झौता गर्दैन । सम्पूर्ण नगरवासीको सम्पत्तिको सुरक्षा गर्ने जिम्मावारी हामी सवैको। घमिलो पानीमा माछा मार्न खोज्ने व्यक्तिहरू , सिधासोझा किसानहरूलाई प्रयोग गरी आफ्नो निहित स्वार्थमा हिड्ने र विकासमा अवरोध गर्नेलाई पनि उत्तर दिने समय आउने कुरामा ढुक्क छौ र त्यसप्रति पनि चनाखो भएर अघाडि बड्छौ।
अन्तमा,
पौरखी किसान दाजुभाइहरुले नगरपालिकाले राखेको कुरामा समर्थन गरिदिनुभो । आभार व्यक्त गर्दछु।