इलाममा २५ प्रतिशत मात्र रोपाइँ

Mukya Samachar Special News Trending बिजनेस

गोपाल गिरी ,इलाम:

मध्य असारमा पनि पर्याप्त पानी नपर्दा इलाम जिल्लाको कृषि क्षेत्रमा ठूलो असर परेको छ । बर्षा कम भएका कारण मध्य असार बित्दा पनि किसानले वाली लगाउन नसक्दा सिंगो कृषि क्षेत्रमा असर पर्ने भएको हो ।

लामो समय सम्म पर्याप्त पानी नपर्दा किसानले समयमा धान वाली लगाउन सकेका छैनन् । जिल्ला भरमा मंगलबार सम्ममा २५ प्रतिशत मात्र रोपाँई गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले सबै ठाउँमा अहिले सम्म पनि पर्याप्त बर्षा नभएका कारण रोपाँई ढिलो भएको जानकारी दिनु भयो । इलामको बढी धान उत्पादन हुँने चुलाचुली गाउँपालिका , माई नगरपालिका , माङसेबुङ गाउँपालिक र फाकफोकथुम गाउँपालिकामा रोपाँई कमै मात्र भएको छ ।

रोङ गाउँपालिका , इलाम नगरपालिका , देउमाई नगरपालिका , माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका केही क्षेत्रमा रोपाई गरिएको छ । प्रमुख शाहले अझै केहि दिन पानी नपर्ने हो भने जिल्लाको तल्लो भागमा धानको ब्याड नै सुक्ने अवस्थामा पुगेको बताउनु भयो । जिल्लाको १४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । बर्षा कम भए पछि मकै वालीमा समेत असर देखिन थालिएको छ । मकैमा सुत्ला लागे पनि बर्षा कम भए पछि घोगा नलागी सुक्न थालेको गजुरमुखीका किसान तारा राईले बताउनु भयो । हिउँदमा असीनाले क्षती गरेको अलैंची बाली पनि उस्तै छ । अलैंची वालीमा खडेरीको असरका कारण नयाँ बि?वा उत्पादन हुँन नसकेको नयाँबजारका किसान भरत भट्टराईले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘अलैंचीको नयाँ टुसा त पलाउन सकेन, लागेको फुल समेत सुक्न थालेको छ ।’ बर्षा कम भएका कारण किसानका खेतबारी अहिले पनि बाझै रहेका छन् । समयमा वाली लगाउन नपाए पछि उत्पादन घट्ने रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बताउनु भयो ।
बर्षा कम भएका कारण बृक्षा रोपण समेत हुँन सकेको छैन् । जिल्लाको तल्लो भाग माई नगरपालिका , चुलाचुली गाउँपालिका , रोङ गाउँपालिकाका बिभिन्न स्थानमा बृक्षा रोपण हुन नसकेको हो । डिभिजन वन कार्यालय इलामका अनुसार उक्त क्षेत्रमा असार पहिलो साता सम्ममा बृक्षा रोपण गर्ने योजना भए पनि बर्षा कम भएका कारण हाल सम्म बृक्षा रोपण गर्न नसकिएको डिभिजन बन अधिृत श्री प्रसाद वरालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.