सन्दकपुर गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

Special News Trending बिजनेस

सन्दकपुर सन्दकपुर गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष उदयबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको औचित्यमाथी प्रष्ट पार्दै उपाध्यक्ष शोभा पराजुलीले चालु आर्थिक बर्षका लागी गाउँपालिकाको २८ करोड ४४ लाख बराबरको बजेट सार्वजनिक गरिन् ।


कार्यक्रममा बोल्दै उनले सवैको सकारात्मक सहयोगले जनतामुखी वजेट ल्याउन सफल भएको बताइन् । संघिय लिम्बुवान राष्ट्रिय मञ्चका खोमबहादुर गुरुङले असन्तुष्टी पोख्दै गाउँपालिकाले निति तथा कार्यक्रम बनाउन नेपालको संविधानको अनुसुची ८ र ९ अनुसार सवैको सल्लाहमा बनाउनुपर्ने बताए । उनले निति तथा बजेट अध्ययन नै नगरी सिधै अनुमोदन गर्नुपर्ने अवस्था आएको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगुले यस्ता कार्यक्रमले जनता सामु योजनाहरुको पारदर्शीतालाई सघाउ पु¥याउने बताए ।


नेपाली कांग्रेस गाउँपालिका सभापती प्रेममणी ढकालले सन्दकपुरमा गरिमामाय निती र बजेट आएको बताए । उनले निर्वाचित स्थानिय सरकारमा कांग्रेसको प्रतिनिधित्व नभएपनि सकारात्मक सहयोग गरिरहेको बताए । नेकपा सन्दकपुरका अध्यक्ष प्रकाश पराजुलीले चालु आर्थिक बर्षमा समृद्धिका कार्यक्रमहरु आएको भन्दै खुशी व्यक्त गरे । उनले कृषिको उर्वर भुमी सन्दकपुरमा कृषकसंग स्थानिय सरकार, भिलेज प्रोफाइल निर्माण जस्ता योजनाले आगामी दिनमा गाउँपालिकाको विकासमा नयाँ मोडल बनाउन सघाउन पु¥याउने बताए ।
वडा नं ३ का अध्यक्ष कृष्ण पाठकले चालु आर्थिक बर्षको लागी योजना छनौटका बिषयमा स्पष्ट पार्दै जनताले छानेर पठाएको योजनालाई नै कार्यपालिकाले पारित गराएको बताए । उनले टोलटोलबाट आएका योजनाहरुलाई प्राथमिकताको आधार वर्गिकरण गरी वडा सिलिङमा समावेश गरेको बताए ।


कार्यक्रमका प्रमुख अतिथी बरालले नेपालको संविधान परिमार्जनले सन्दकपुर क्षेत्रमा बजेट विनियोजना मारमा परेको बताए । उनले क्षेत्रको आधारमा केन्द्रिय सरकारबाट अनुदान आउँदै गरेकोमा परिमार्जन गरी जनसंख्याको आधारमा बनाएपछि ठुलो भौगोलिक क्षेत्र भएको सन्दकपुरमा कम बजेट परेको बताए । उनले दिगो विकास लक्ष्यका सुचक शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा समेत गम्भिर बन्न सुझाव दिए ।


सरकारको १०० गन्तव्यको सुचीमा परेको सन्दकपुर पर्यटकिय दृष्टिले समेत महत्वपुर्ण रहेको उल्लेख गर्दै पर्यटन बेचेर नै गाउँपालिकाले आर्थिक उपार्जन गर्न सक्ने आधार रहेको उल्लेख गरे । बरालले सन्दकपुरले ल्याएको वृक्षारोपण योजनाका लागी यस क्षेत्रमा रहेका हाइड्रोपावरबाट प्रति किलोबाट १७ हजार रुपैया लिएर हराभरा बनाउने कार्य प्रारम्भ भएको बताए ।
गाउँपालिका अध्यक्ष राईले २ बर्षको अवधीमा केन्द्र भवन र वडाको भवन निर्माण कार्य सम्पन्न भएको बताए । उनले माथिल्लो क्षेत्रमा करि ७० हजार र तल्लो क्षेत्रमा चौडापाते प्रजातीका ४० हजार विरुवा रोपिएको जानकारी दिँदै यसले कार्वन उत्सर्जन र हरित स्थानिय तह बनाउनमा महत्वपुर्ण योगदान दिने बताए । राईले वर्खाको समयमा विरुवा जोगाउन चुनौती हुने भएकाले हिउँद सुरु हुने वितिकै फेरी अभियानलाई तिव्रता दिने बताए ।


सरकारका ८४ राजमार्ग मध्ये विव्ल्याटे माइपोखरी हुँदै सन्दकपुर जोडने सडकल ७३ औ स्थानमा रहेको जानकारी दिँदै यसलाई २ लेनको बनाउदै बर्षभरी आन्तरिक र वाह्रय पर्यटकहरु भित्र्याएर जनताको आर्थिक स्तर उकास्ने योजना रहेको बताए । कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, संचारकर्मी, गाउँबासी लगायत १ सय बढीको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा गाउँपालिकाको पर्यटन र कला संस्कृतिको बारेमा जानकारी दिने ब्रोसर र गत असारमा सम्पन्न भिडियो च्यालेन्जमा मस्ट पोटेन्सियल डेस्टिनेशन अर्वाड जित्न सफल गाउँपालिकाको भिडियो सन्दकपुर प्रसारण गरिएको थियो । ब्रोसर र भिडियो पत्रकार सुजन तिमसिनाको नेतृत्वमा दयाराम दाहाल, नमीन ढकाल, प्रेम अधिकारी, बासुदेव तिमसिना, सन्दिप प्रधान लगायतले निर्माण गरेका थिए ।लोकल शन्देशबाट

Leave a Reply

Your email address will not be published.