टमाटर उत्पादनले मख्ख पाँचथरका कृषक

Special News Trending बिजनेस


पाँचथर : पाँचथरको हिलिहाल र याङवरकका दुई वडामा बार्षिक करोड मुल्य बराबरको टमाटर उत्पादन हुन थालेको छ । यो सिजनमा टमटरको मुल्य राम्रो रहेका कारण कृषक उत्साहित देखिएका छन । अहिलेको टमाटरको बारिमै पुगेर कृषकलाई ब्यवसायीले ५५ रुपैयाँ देखी ५८ रुपैंया सम्म दिने गरेका छन ।
अहिल्लो बर्षको तुलनमा यो दोब्बर भन्दा पनि धेरै हो । अघिल्लो बर्ष यही सिजनमा प्रति क्यारेट (२३ किलो) को ६० देखी ७० रुपैँया सम्म पथ्र्यो । यो बर्ष एक क्यारेट टमाटरको १ हजार ६ सय देखी १ हजार ७ सय सम्म पर्न थालेको छ । टमाटर निकासीका लागि यो मध्य सिजन हो ।
अहिले हिलिहाङ गाउँपालिका पुरै र याङवरकको ५ र ६ नम्बर वडाबाट मात्रै दैनिक ८ देखी १० गाडी सम्म टमाटर निकासी भइरहेको छ । एक गाडीमा १८ देखी २० क्विइन्टल जाने गरेको छ । सो हिसावले पनि अहिले टमाटर कृषकले राम्रो आम्दानी लिइरहेको राष्ट्रिय कृषक समुह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए ।
अघिल्लो पटक निकासीमा समस्या संगै भाउ नभएका कारण कृषकले समस्या भोगे । उनले भने–यो पटक अहिले सम्म राम्रो छ । बारिमै पुगेर ब्यापारीले ५० रुपैंया भन्दा बढी प्रतिकिलो किनिदिनु अहिले सम्मकै राम्रो कुरा हो ।
यस अघि बिभिन्न समयमा भाउ आए पनि लामो समय सम्म नरहने गरेकोमा अहिले सुरु देखिनै ५० भन्दा बढी प्रतिकिलोमा किनबेच भइरहेको छ । मुख्य गरेर हिलिहाङ र याङवरकमा खेती घटेको भए पनि भाउ राम्रो आए पछि कुनै समस्या नरहेको बृषकहरुले बताएका छन । टमाटरको भाउ यहाँ सम्म पुग्ला भनेर आफुले नसोचेको कृषक बिरेन्द्र काफलेले बताए ।
टमटरमा आएको सुधारले ब्यवसायीलाई पनि हर्षित पारेको छ । अहिले नवराज उप्रेती, राजेश दाहाल सहितका ब्यवसायीले हिलिहाङ र याङवरक क्षेत्रको टमटर लिइरहेका छन । ब्यवसायी धेरै भित्रिदा कृषकलाई झन फाइदा हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार दुई बर्ष अघि टमटरबाट मात्रै ११ करोड २५ लाख रकम भित्रिएको थियो । अघिल्लो बर्ष पनि सो भन्दा धेरै रकम संकलन भएको थियो । चालु बर्ष रकम अझै बढ्न सक्ने अनुमान कार्यालयको छ । बिचमा मेची राजमार्गमा देखिएको अवरोधका कारण केही समस्या देखिएको भए पनि त्यो समाधान भएको छ । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.