चियाको राजधानीमा समस्याका चाङ , समाधान खोज्दै कृषि मन्त्री खनाल

Special News Trending बिजनेस



फिक्कल: कृषि मन्त्री चक्रपाण्ी खनालले कृषकालाई सहुलीयतमा ऋण दिन भूमी बैंक स्थापना गर्ने तयारी भैरहेको बताउनु भएको छ । बिभिन्न शिर्षकमा अनुदान भन्दा भूमी बैंक स्थापना गरेर एक देखि दुई प्रतिशत ब्याजमा लोन उपलब्ध गराउने गरी कार्य अगाडी बढाईने उहाले बताउनु भएको हो । चिया क्षेत्रमा देखिदै आएका समस्या समाधानका लागि इलामको सूर्योदय नगरपालिका आउनु भएका मन्त्री खनालले चियाको आफनै जात, चियाको नेपाली लोगो , चियाको बजारीकरणका लागि पहल गरिरहेको बताउनु भयो ।
मन्त्री खनालले अर्गानिक चियाको आफनै मार्केट स्थापना गर्नु पर्नेमा जोड दिनु भयो । उहाले रसायनीक मलमा अनुदान भन्दा पनि आगामी दिनमा उद्योग स्थापना , जैविक मल उत्पादनमा सहयोग गरिने बताउनु भयो । उहाले भन्नु भयो ‘ अर्गानिक अभियानमा चालु आर्थिक बर्षमा ५२ करोड बजेट छुट्याउदा एक नम्बर प्रदेशमा १५ करोड परेको छ , यसले चिया किसानलाई पनि समेटछ ।’कृषि मन्त्र खनालले चिया क्षेत्रको दिगो समाधानका लागि चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन सरकारले कार्यान्वयन गर्ने बताउनु भयो । उहाले समग्र कृषि क्षेत्रको बिकास र निर्यात समस्या हटाउन मन्त्रालयले पहल गर्ने बताउनु भयो । उहाले आगामी १० बर्षमा देशलाई अर्गानिक बनाउने बताउनु भयो । मन्त्री खनालले सूर्योदय नगरका बिभिन्न चिया कारखानको अवलोकन तथा अध्ययन समेत गर्नु भएको छ ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका उप निर्देशक दिपक खनालले चिया क्षेत्रमा सबै पक्षबाट आक्रमण भैरहेकाले आफुहरु चिया जोगाउने अभियानमा लागेको बताउनु भयो । उप निर्देशक खनालले मजदुर आन्दोलनका कारण सिजनको शुरुमै चिया क्षेत्र धरापमा परेको बताउनु भयो । सूर्योदयन गरपालिकाका प्रमुख रणबहादुर राईले चिया क्षेत्रका समस्या समाधान गर्न मन्त्रालयले नगरपालिका संग सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाले नीतिगत रुपमा चियाका समस्या समाधान गर्न सरकारले पहल गर्नु पर्ने बताउनु भयो । प्रमुख राईले भारतले नेपालको चियामा हालीमुहाली गरेको बताउनु भयो । सूर्योदय नगरपालिकामा साना ठूला गरी ६२ चिया कारखाना रहेका छन । नगरले प्रतिकिलो ग्राम अर्गानिक चियाको मूल्य ४० रुपियाँ तोकेको छ ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्री खनाल समक्ष चिया किसान, मजदुर र उद्योगीले अनेकौ समस्या राखेका छन् । किसानले अर्गानिक चिया उत्पादनमै समस्या हुँदा पनि राज्यले नहेरेको बताएका छन। चिया किसान अर्जुन भट्टराईले चिया किसानका समस्या कैसैले नबुझेको बताउनु भयो । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले नगर क्षेत्रमा चियाको अक्सन सेन्टर स्थापना गर्नु पर्ने , स्थानीय क्याम्पसमा चिया बिषयको पढाई शुरु गर्नु पर्ने र नेपाली चियाको आफनै लोगो निर्माण गरी उक्त लोगो मार्फत चिया निर्यात गर्नु , क्लोन बनाउनु पर्ने माग गर्दै लिखित ज्ञापन पत्र बुझाउनु भयो ।चिया उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष प्रेम गुरुङले चिया क्षेत्रका समस्या समाधान गर्न राज्यले पहल गर्नु पर्ने बताउनु भयो । चिया उद्योगी तथा सरकारले गठन गरेको चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलका सदस्य उदय चापाँगाईले चिया क्षेत्रका समस्या समाधान गर्न आफुहरुले प्रतिवेदन बुझाए पनि सरकारले कार्यान्वयन नगरेको बताउनु भयो । नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर एकका अध्यक्ष भूपाल सापकोटाले चिया मजदुरलाई ज्याला दिलाउन कहिले सम्म लडनु पर्ने भनी प्रश्न गर्नु भयो । कार्यक्रममा चिया उद्योगी गोपाल कट्टेल , कृष्ण सुवेदी, लार्केल लामा, पुनम राई लगायतले आफनो बिचार राख्नु भएको थियो ।



Leave a Reply

Your email address will not be published.