विरीङ खोलाको जग्गा धितो राखेर ५ करोड ऋण ! बैंक अफ काठमाडौंका पूर्व कार्यकारी अधिकृत सहित ११ फक्रउ

Hot News Special News Trending बिजनेस

बिर्तामोड : बैंककै कर्मचारीसंगको मिलेमत्तोमा एक व्यक्तिले बगिरहेको खोलाको जग्गा धितो राखेर बैंकलाई नै लाखौं रकम हानी नोक्सानी पु¥याएको तथ्य खेलेको छ ।झापाको कनकाई नगरपालिका भएर बग्ने विरिङ खोलाको जग्गा बैंकमा धितो राखेर झण्डै पाँच करोड रुपैयाँ ऋण लिएको र बैंकलाई व्याज समेत नतिरेपछि प्रहरीले वैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई पक्राउ गरेसंगै यस्तो तथ्य खुलेको हो ।

झापाको साविक घैलाडुब्बा बजार पश्चिम भएर बगिरहेको विरिङ खोला नै धितो राखेर ऋण दिएको आरोपपमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले पक्राउ गरेको हो ।
ऋणी श्रेष्ठले कित्ता नम्वर ३५९६ र ३२७१ को जग्गा धिधतो राखेर ऋण लिएको खुलेको छ ।

जुन जग्गाामा अहिलेपनि खोला वगिरहेको प्रहरीले जनाएको छ । ऋण लिन उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआईवी०ले जनाएको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार अभियुक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अन्य व्यक्ति पक्राउ परेको र गत शुक्रबार मात्रै बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

उनीहरुविरुद्ध बैंकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर रु चार करोड ५० लाख ऋण दिएको खुल्न आएको सिआईवीका प्रवत्ता पाण्डेको भनाई छ । कमसल र नक्कली कागजात प्रयोग गरी खोलाको जग्गा धितो राखेर ऋण दिएको प्रहरीले जनाएको छ । बैंकसम्बन्धी कसुर मुद्दामा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ । ‘नक्कली र कमसल धितो राखेर ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी गराएको पाइयो, ऋणी श्रेष्ठले पैसा नतिरेपछि उजुरी परेको थियो, अहिलेसम्म विभिन्न मितिमा पक्राउ गरेकासहित गरेर ५० दिन अनुसन्धान भइसकेको छ, अब १० दिनभित्रमा मुद्दा दर्ता हुन्छ’– प्रहरी उपरीक्षक पाण्डेले भने ।

पछिल्लो समय वैंककै कर्मचारीसंगको मिलेमत्तोमा विभिन्न खोला तथा नदीको नक्कली कागजात बनाई जमिन धितोमा राख्ने घटना बढ्दै गएको प्रहरीले जनाएको छ । झापाममा यसरी बगिरहेको खोला वैंकमा धितो राखेको घटना भने पहिलो हुन सक्ने सिआईबीको भनाई छ । अहिले झापाका विभिन्न खोलाको बगर किनबेचतमा गिरोह नै सक्रिय रहेको छ । खोलाको बगर किन्न काठमाडौंदेखिका मानिस झापा आउने गरेका छन् । उनीहरुले विभिन्न नक्कली कागजात खडा गरी वगर बैंकमा धितो राखेर ऋण लिने गरेको बुझिएको छ । पूर्वेली न्यूजबाट

Leave a Reply

Your email address will not be published.