माईजोगमाई गाउँपालिकाद्धारा आगलागि पीडित र बिरामी वालकलाई आर्थिक सहयोग

Mukya Samachar Special News Trending बिजनेस समाज


देवी अधिकारी ,नयाँबजार :
माईजोगमाई गाउँपालिका वडा नम्बर १ का आगलागि पीडित रेस बहादुर निरौलालाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
केहि समय अघि बिधुत सट भई घरमा आगो लागि पुर्ण रुपमा क्षती भएका निरौलाको परिवारलाई गाउँपालिकाको बिपत ब्यावस्थापन कोषबाट आज नगद पचाँस हजारको चेक पिडित रेस बहादुर निरौलालाई प्रमुख प्रशाशकिय अधिकृत चन्द्र प्रकाश बस्नेतले हस्तान्तरण गर्नु भएको हो ।
यस्तै माईजोगमाई गाउँपालिकाको वडा नं. ३ का योगेन्द्रमणी घिमिरेका छोरा निगम घिमिमे बिगत लामो समय देखि भारतको सिलुगुडीमा छाला सम्बन्धी रोगको उपचार गराई रहेका र आर्थिक अवस्था कमजोर रहेकोले उनलाई थप उपचारमा सहयोग गर्न गाउँपालिकाले नगद पन्द्र हजारको चेक हस्तान्तरण गरिएको अधिकृत बस्नेतले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.