मर्जरले दुई तिहाई विकास बैंक विलिन

मर्जरले दुई तिहाई विकास बैंक विलिन

काठमाडौं: नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्याउनुअघि मुलुकमा ८६ वटा विकास बैंकहरु थिए । त्यो संख्या घटेर अहिले २५ मा झरेको छ । अर्थात् ३ वर्षको अवधिमा दुई तिहाई विकास बैंकहरुको अस्तित्व मेटिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने ९मर्जर० तथा प्राप्ति ९एक्विजिशन० सम्बन्धी विनियमावली, २०७३ जारी गरी कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ भदौ मसान्तसम्म कुल १७६ बैंक तथा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये १३२ संस्थाको इजाजत खारेज हुन गई कुल ४४ संस्था मात्र कायम रहेका छन् । यो सूचीमा क, ख र ग वर्गका सबै संस्थाहरु छन् ।

मर्जरमा होमिएर जति पनि गाभिए त्यसमा फाइनान्स कम्पनीपछि विकास बैंकको संख्या उच्च छ । यस अवधिमा ६१ वटा विकास बैंकहरु गाभिएका छन् ।

बलिया विकास बैंक पनि टिक्न सकेनन

दशैंअघि एनएमबी बैंक लिमिटेडमा ओम डेभलपमेन्ट बैंक मिसियो । पोखरा केन्द्रीय कार्यालय रहेको ओम राष्ट्रिय स्तरको विकास बैंक थियो । सञ्चालनमा रहेका विकास बैंकहरु मध्ये अब्बल मानिएको ओमसमेत अर्को ठूलो बैंकमा गएर गाभिन बाध्य भयो । मर्जरपछि एनएमबी बैंकको नामबाट कारोबार सुरु भइसकेको छ ।

एनएमबी र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००स्७६ रहने स्वीकृति साधारणसभाले प्रदान गरेको थियो । सोही अनुसार नै एनएमबी र ओम मर्जरमा गए ।

राष्ट्रियस्तरकै विकास बैंक गण्डकी भने मेगामा मर्जरमा नगई विलय हुन लागेको हो । मेगामा विलय हुनका लागि गण्डकीले एक्विजिशनको सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । गण्डकीका सीईओ रेशमबहादुर थापा विकास बैंकका सीईओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनका द्वितीय उपाध्यक्ष हुन् ।

अर्को राष्ट्रिय स्तरको विकास बैंक कैलाशको हालत पनि उस्तै छ । २०७३ सालअघि मूनाफाका आधारमा नम्बर वान देखिँदै आएको कैलाशले प्राइम कमर्शीयलमा गाभिँदैछ ।अनलाईन खवरबाट