नौ वस्तुको निर्यात आयातभन्दा बढी

Special News Trending बिजनेस


काठमाडौं: नेपालले वैदेशिक व्यापारमा वार्षिक खर्बौं रुपैयाँ व्यापार घाटा व्यहोर्दै आएको छ।गत आर्थिक वर्षमा नेपालले १३ खर्ब २१ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो। त्यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिना अवधिमा ३ खर्ब ५० अर्ब रुपैयाँ व्यापार घाटा नेपालले व्यहोरेको छ।

नेपालमा आयात हुने वस्तु र नेपालबाट निर्यात हुने वस्तुको मूल्यको असन्तुलनका कारण वार्षिक रुपमा व्यापार घाटा चुलिँदो क्रममा छ। तर नेपालका केही उत्पादन यस्ता पनि छन्, जुन आयातभन्दा निर्यात बढी हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
सबैभन्दा बढी व्यापार नाफा देखिएको वस्तु कार्पेट र अन्य फ्लोर टेक्सटाइल देखिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना अवधिमा नेपालले १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कार्पेट तथा फ्लोर टेक्सटाइल आयात गरेको छ भने २ खर्ब १ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। यसरी हेर्दा कार्पेटको व्यापारमा नेपालले तीन महिना अवधिमा १ अर्ब ८३ करोड रुपैयाँ व्यापार नाफा गरेको छ।

त्यस्तै भेजेटेबल प्लेटिङ तथा तरकारीजन्य वस्तुमा व्यापारमा नाफा ३२ करोड ९३ लाख रुपैयाँ बराबर छ। ८८ करोड ८ लाख रुपैयाँ बराबरको आयात गर्दा ९९ करोड ५२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। फलफूल तथा तरकारीका तयारी उत्पादनहरुमा पनि ५१ करोड ४४ लाख रुपैयाँ बराबरको व्यापार नाफा छ।

व्यापार नाफा भएका अन्य वस्तुहरुमा छालाका वस्तुमा ५ करोड ७४ लाख, हस्तकलाका सामाग्रीमा २१ करोड ८ लाख, बाद्यवादनका सामाग्रीमा ५ करोड ५४ लाख, ऊनले बनेका कपडा सामाग्री २५ करोड ३३ लाख र धागो, डोरी ९अल्लो, सनपाट, भोर्लो आदि० मा ५८ करोड ४४ लाख रुपैयाँ बराबर व्यापार नाफा छ।नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.