प्रदेश सांसद शर्माको निर्वाचन क्षेत्रमा २ करोड ५० लाखको पुर्वाधार विकास कार्यक्रम

Special News Trending प्रदेश नं. १ बिजनेस

फिक्कल : प्रदेश नं १ इलाम जिल्ला क्षेत्र नं २ ९ख० का प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा रमर्णको निर्वाचन क्षेत्र विकास योजना तथा कार्यक्रम सार्वजनिक भएको छ । शर्माको निर्वाचन क्षेत्रमा ३ वटा गाउँपालिका र एउटा नगरपालिकाको ३ वटा वडा पर्छ सो क्षेत्रमा २ करोड ५० लाख बराबरको पुर्वाधार विकासको कार्यक्रम सार्वजनिक गरिएको हो । विकासका योजना अन्र्तगत माई नगरपालिकामा ५० लाख बजेटमा लक्ष्मी बाँध देखी छिवाखोलासम्मको सडक स्तरोन्नती हुनेछ ।
चुलाचुली गाउँपालिकामा १० लाखको दरले ७ वटा योजनामा ७० लाख रुपैया विनियोजना गरिएको । जसमा वडा नं २ कमल गाउँपालिका केर्खा टयाक्सी स्टेन्ड देखी बोहोरा कल्भर्टसम्मको बाटो स्तरोन्नती , वडा नं १ राधा कृष्ण मन्दिर हुँदै सिर्जना मार्गबाट सर्मिला चोक बाटो स्तरोन्नतीमा , वडा नं ४ समावेशी चोक जोगी टोल हुँदै किरात हाङसाम मन्दिर बाटो स्तरोन्नती , वडा नं ३ सुख्खा होली कल्भर्ट निर्माण , वडा नं २ स्वामी चोक देखी बाह्रगोठे सडक मर्मत तथा कल्भर्ट निर्माण , वडा नं ५ कोलडाँडा( फुइके सडकमा नाली निर्माण र वडा नं ३ कञ्चनजंघा सेमेचुङ सामुदायिक भवन तथा शौचालय निर्माण गर्न बजेट विनियोजना गरिएको छ ।
त्यसैगरी फाकफोकथुम गाउँपालिकामा समेत ७ वटा योजनालाई १० लाखको दरले कुल ७० लाख रुपैया विनियोजना गरिएकोछ । जस अन्र्तगत वडा नं १ पुरानो पञ्चमी खाम्वाङ सडक स्तरोन्नती, वडा नं ४ किरात माङहिम फुएतप्पा , वडा नं ३ उत्तरे आमचोक सडक स्तरोन्नती, वडा नं ६ शिकारी भञ्ज्याङ (फुस्रे भञ्ज्याङ – जानकी मावि सडक स्तरोन्नती, वडा नं ६ पसल भञ्ज्याङ( सिमसारा( तिलपुङ( होयाङमा खोला सडक स्तरोन्नती, वडा नं २ को कार्यालयबाट कोल्बोटे(साप्तिन सडक स्तरोन्नती र वडा नं ४र५ लुम्दे( एथवा( भैसेटार( महीम्बा वडा कार्यालय फुएतप्पा सडक स्तरोन्नती रहेको छ ।माङसेवुङ गाँउपालिकामा ५ वटा योजनालाई कुल ६० लाख विनियोजन गरिएको छ । योजना अन्र्तगत खोङगी चिुवुवा मान्द्रे खुन्द्रुका सुवाचिङ र चिसोपानी पञ्चमीमा विद्युत विस्तारका लागी २० लाख रुपैया विनियोजन गरिएको । त्यसबाहेक अन्य ४ योजनालाई १०÷१० लाखको दरले विनयोजना गरिएको छ । मर्चेवुङ तिनदोभा थामडाँडा महमाई सडक अन्र्तगत तीनदोभान थामडाँडा खण्ड सडक स्तरोन्नती, इभाङ पावा भोटेडाँडा सडक स्तरोन्नती, सर्वशान्ति बौद्ध विहार र शिवालय मन्दिर निर्माण, दुर्गा मावि इभाङ मावि र सरस्वती माविमा विद्यालय सुधार कार्यक्रम रहेको छ ।
क्षेत्र विकासका योजनाको कुल बजेटको एक प्रतिशत जिल्ला समन्वय कार्यालयमा जम्मा गरिनेछ । आयोजना व्यवस्थापन खर्च बापत लाग्ने कार्यविधी २०७६ ले निदिष्ट गरेका अनुसार एक प्रतिशत कटाएर मात्र आयोजना बापतको रकम भुक्तानी हुने निर्णय समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published.